दिपेन्द्र, परियार गुल्मी ।
गुल्मीको कालीगण्डकी गाउँपालिका–५ फोक्सिङ्गमा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गदै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले संघीयताले देशमा रिनको भारी बोकाएको भन्दै अहिले एमसीसी भित्र्याएर राष्ट्रियतामाथि सौदावाजी गर्न खारेजिएको बताउनुभयो । उहाँले देशलाई अफ्गानिस्तान, सिरिया जस्तै बनाउने तयारीमा नेपालका ठूला दल लागिपरेको आरोप पनि लगाउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा राजमो केन्द्रीय सदस्य तारा थापा क्षेत्री, राजमो गुल्मी जिल्ला सदस्य पूर्ण बहादुर थापा, गापा समितिका अध्यक्ष गंगा केसी, गाउँ समितिका उपाध्यक्ष तथा ४ नं वडाका अध्यक्ष सूर्य क्षत्री लगाएतले मन्तब्य राख्नु भएको थियो ।
भेलाले ५ जना रहेको निर्वाचन परिचालन समितिसहित आर्थिक समिति तथा ७१ जनाको प्रचार प्रसार समिति र ३१ जनाको स्वयंसेवक परिचालन समिति बनाएको छ ।
भेला मिथुन बलालको अध्यक्षता, पुरन थापाको स्वागत, सचिव गंगा सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।