काठमाडौँ । रक्तिम सांस्कृतिक अभियान रुपन्देही जिल्ला समितिका कोषाध्यक्ष भीमबहादुर राहाडी (अमर थापा) ले आफू कथित राष्ट्रिय जनमोर्चाको समन्वय समितिमा नरहेको बताउनुभएको छ ।
Advertisement
गत चैत ८ गते कथित राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति कपिलवस्तुको सदस्यमा भीमबहादुर राहाडीको नाम राखिएपछि उहाँले सो स्पष्टीकरण दिनुभएको हो ।
२०७८ चैत १२ गतेका दिन युगदर्शनलाई स्पष्टीकरण पठाउँदै उहाँले आफू सो भेलामा उपस्थित नभएको र आफ्नो सहमति विपरीत सो समितिमा राखिएकोमा विरोध जनाउनुभयो ।
युगदर्शनलाई पठाउनुभएको स्पष्टीकरणमा उहाँले भन्नुभएको छ–
“समन्वय समिति कपिलवस्तु जिल्ला भेलामा जिल्ला समितिमा मेरो नाम जोडिएकोमा म अहिले पनि रक्तिम सांस्कृतिक अभियान रुपन्देही जिल्ला समितिमा नै छु र कुनै पनि साथीहरूलाई भ्रममा नपर्नसहुन अनुरोध गर्दछु ।”