• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

युक्रेनमा शान्ति स्थापना गर्न रुसी सेना फिर्ता हुनुपर्नेमा नेकपा (मसाल) को जोड


  •   शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले युक्रेनमा शान्ति स्थापनाका लागि रुसी सेना फिर्ता हुनुपर्ने आवश्यकतामा जोड दिएको छ । त्यसका साथै पार्टीले युक्रेनलाई नेटोमा सामेल गर्ने अमेरिकी साम्राज्यवादी प्रयत्नको अन्त्य हुनपर्ने पनि बताएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७८ चैत ११ गते सार्वजनिक गरिएको प्रेसवक्तव्यमा पार्टीको यस्तो अवधारणा सार्वजनिक भएको हो ।

    त्यस्तै, प्रेसवक्तव्यमा चीनका विदेशमन्त्रीको नेपाल भ्रमणलाई स्वागत गरिएको छ । चीन साम्राज्यवादी देश भए पनि नेपालको लागि चीनको भूमिका महत्त्वपूर्ण भएको बताउँदै पार्टीले नेपाल–चीनमाझ यसअघि भएका सम्झौता लागु हुनुपर्ने आवश्यकतामा जोड दिएको छ ।

    आगामी २०७८ साल वैशाख ३० गतेको स्थानीय चुनाव उपयोग गर्ने बताउँदै पार्टीले प्रतिगमन विरोधी खतरा कायमै रहेकाले प्रतिगमनको विरोधमा रहेका दलहरूसित चुनावी तालमेल हुन सक्ने स्पष्ट पारेको छ । त्यसका साथै पार्टीले एकल रूपमा नै चुनावमा जाने पनि बताएको छ ।

    संसदीय व्यवस्थाअन्तर्गत हुने चुनावप्रति रणनैतिक वा सैद्धान्तिक रूपमा नेकपा (मसाल) लाई विश्वास नभएको बताउँदै पार्टीले त्यसका बाबजुद चुनावमा भाग लिएर जनताका समस्या उठान गर्न, चेतना उठाउन र जनाधार तयार पार्न चुनावमा सहभागिताले महत्त्व राख्ने धारणा व्यक्त गरेको छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
    “युक्रेनमा भइरहेको रुसी आक्रमणलाई नेकपा (मसाल) ले गम्भीर रूपमा लिन्छ र त्यसको भत्र्सना गर्दछ । अहिले युक्रेनमा भइरहेको युद्ध दुई साम्राज्यवादी देशहरू अमेरिका र रसियाका बिचमा साम्राज्यवादी स्वार्थका लागि अन्तरविरोध र युक्रेनलाई नाटोमा लैजाने प्रयत्नका कारणले नै उत्पन्न भएको हो । त्यसकारण हाम्रो पार्टीले युक्रेनमा भइरहेको युद्धको स्थितिका लागि अमेरिकी साम्राज्यवाद र नाटोलाई पनि जिम्मेवार ठान्दछ । तैपनि अहिले प्रत्यक्ष रूपले युक्रेनमाथि हमला रुसले नै गरिरहेको छ । त्यो हमलाका कारणले ठुलो सङ्ख्यामा युक्रेनका जनता, महिला र बालबालिकासम्मको हत्या भइरहेको छ । अस्पतालसमेत नष्ट भइरहेका छन् । लाखौँका सङ्ख्यामा मानिसहरू युक्रेनबाट भागेर बाहिर जान बाध्य भएका छन् । रुसले युक्रेनमा परमाणु हतियार पनि प्रयोग हुन सक्ने प्रकारका विचार पनि प्रकट गरेकाले स्थितिको अरू ठुलो गम्भीरतालाई बताउँछ । त्यो अत्यन्त भयानक स्थिति हो । त्यसकारण हाम्रो पार्टीले अमेरिकी साम्राज्यवादको युक्रेनलाई नाटोमा लैजाने प्रयत्नको अन्त्य तथा रुसी सेनालाई युक्रेनबाट फिर्ता लगेर त्यहाँ शान्ति स्थापनाको लागि जोड दिन्छ ।

    चीनका विदेशमन्त्री नेपालको भ्रमणमा आउँदै छन् । उनको भ्रमणको उद्देश्य जे भए पनि नेपाल र चीनको मैत्रीपूर्ण सम्बन्धलाई हाम्रो पार्टीले गम्भीर अर्थ र महत्त्व दिन्छ । चीन एउटा साम्राज्यवादी देश हो । त्यसरी त्यसका नेपालप्रतिका नीति पनि साम्राज्यवादी उद्देश्यद्वारा नै निर्देशित हुने कुरा प्रष्ट छ तर त्यो कुरा जे भए पनि नेपालको विशिष्ट प्रकारको भू राजनीतिक स्थितिमाथि विचार गर्दा चीनसितको मैत्रीपूर्ण सम्बन्धले नेपालका लागि सकारात्मक महत्त्व राख्दछ भन्ने हाम्रो पार्टीको निष्कर्ष रहेको छ । खास गरेर भारत र अमेरिकाका नेपालमा भइरहेका हस्तक्षेपका विरुद्ध नियन्त्रण र सन्तुलनका लागि चीनसितको मैत्रीपूर्ण सम्बन्धले हाम्रा लागि विशेष महत्त्व राख्ने कुरा प्रष्ट छ तर भारतीय र अमेरिकी साम्राज्यवादी देशले चीनसितको हाम्रो मैत्रीपूर्ण सम्बन्धलाई कमजोर पार्नको लागि पूरै प्रयत्न गरिरहेका छन् । उनीहरूका त्यस प्रकारका नीतिको उद्देश्य नेपालप्रतिका आफ्ना साम्राज्यवादी स्वार्थ पूरा गर्नु नै हो । त्यस प्रकारको पृष्ठभूमिमा हामीले भारत र अमेरिकाका त्यस प्रकारका नीतिको विरोध गर्दै चीनसितको मैत्रीपूर्ण सम्बन्धलाई विस्तार गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिन्छौँ । गत कालमा नेपाल र चीनका बिचमा कैयौँ सन्धि भएका छन् । ती सन्धिलाई पनि शीघ्र कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँँ । हामीले आशा गर्दछौँ, चीनका विदेशमन्त्रीको नेपाल भ्रमणको सिलसिलामा त्यसबारे आवश्यक निर्णय गरिने छ ।

    नेपालमा आगामी सालको वैशाख ३० गते स्थानीय चुनाव हुने ठेगान भएको छ । हाम्रो पार्टीले त्यसमा भाग लिने निर्णय गरेको छ र त्यसका लागि व्यापक रूपले तयारी गरिरहेको छ । त्यो चुनावका बेलामा राजावादी र एमालेसित चुनावी तालमेल नगर्ने हाम्रो पार्टीले निर्णय गरेको छ । एम.सी.सी. सम्बन्धी सरकारको निर्णयको कारणले हाम्रो पार्टीले पाँचदलीय गठबन्धनबाट अलग हुने निर्णय गरेको छ । तैपनि अहिले देशमा ओलीको नेतृत्वको प्रतिगमनको खतरा गम्भीर भएको महसुस गर्दै त्यसका विरुद्ध प्रतिगमनका विरुद्ध उभिएका शक्तिहरूबिचको एकता अहिले पनि आवश्यक छ भन्ने हाम्रो पार्टीको निष्कर्ष छ । त्यसैले हाम्रो पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने तथा गठबन्धन पक्षधर शक्तिहरूसित चुनावी तालमेल गर्ने नीति कायम राखेको छ । हाम्रो यो मत छ कि अहिले सरकारले दिएको समर्थनलाई फिर्ता लिँदा वा गठबन्धन पक्षधर शक्तिहरूसित चुनावी तालमेलको नीतिलाई अस्वीकार गर्दा ओलीको प्रतिगमनलाई पनि मदत पुग्ने छ । त्यस्तो हुन नदिन हाम्रो पार्टीले एम.सी.सी. र सरकारका अन्य गलत नीति र क्रियाकलापका विरुद्ध सङ्घर्ष कायम राख्दै वर्तमान सरकारलाई समर्थन गरिरहने र सम्भव भएसम्म उनीहरूसित चुनावी तालमेल पनि गर्ने निर्णय गरेको छ तर गठबन्धन पक्षधर विभिन्न राजनीतिक शक्तिहरूले आज देशमा देखा परेको प्रतिगमनको खतराप्रति दूरदर्शितापूर्वक विचार गर्न सकिरहेका छैनन । त्यसैले उनीहरूमा प्रतिगमनको विरुद्धको सङ्घर्षमा तालमेल गरेर जाने सोचाइबारे कतिपय कमी देखा पर्ने गरेका छन् । त्यसले गर्दा हाम्रो पार्टीले गठबन्धन पक्षधर शक्तिहरूसित सम्भव भएसम्म चुनावी तालमेलको नीति कायम राख्दै त्यो सम्भव नभएमा एक्लै पनि चुनावमा जाने नीति अपनाउने छ र त्यसका लागि तयारी समेत गरिरहेको छ ।

    हामीले संसदीय वा त्यसअन्तर्गत हुने कुनै पनि चुनावमाथि सैद्धान्तिक र रणनीतिक रूपले विश्वास गर्दैनौँ । त्यसैले हाम्रो जोड वर्तमान व्यवस्थाको भण्डाफोरमा नै बढी हुन्छ । तैपनि अहिले देशको राजनीतिक स्थितिमा जनसङ्घर्षको एउटा माध्यमको रूपमा तात्कालिक रूपमा हामीले चुनावको उपयोग गर्ने नीति अपनाएका छौँ । हामीलाई विश्वास छ, चुनावको उपयोगको नीतिद्वारा हामीले कतिपय पालिका वा वडामा विजय प्राप्त गर्न वा कडा प्रतिस्पर्धा गर्न सफल हुनुका साथै जनतामा व्यापक चेतना उठाउन र जनाधार तयार पार्न पनि मदत पुग्ने छ भन्ने हामीलाई विश्वास छ ।”

    शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.