• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

माथिल्लो कर्णाली बचाऊँ राष्ट्रिय अभियान पुनर्गठन


  •   शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
  • गिरीप्रसाद बुढा, वीरेन्द्रनगर ।
    माथिल्लो कर्णाली बचाऊँ राष्ट्रिय अभियान पुनर्गठन भएको छ । राष्ट्रिय जनमोर्चाका नेता कमलविक्रम शाही अध्यक्ष र पूर्णबहादुर शाही महासचिव रहेको सात जना सदस्य रहने गरी अभियान पुनर्गठन गरिएको हो ।

    Advertisement

    राजमो कर्णाली प्रदेश समितिका अध्यक्ष गिरीप्रसाद बुढाको हस्ताक्षरमा २०७८ चैत ११ गते जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको छ ।

    चैत १० गते राजमो कर्णालीको बैठकमा लिइएका निर्णय जानकारी गराउन जारी गरिएको सो प्रेसवक्तव्यमा मुख्यतः स्थानीय तहको चुनावसम्बन्धी बढी निर्णय भएको जनाइएको छ । त्यस्तै, राष्ट्रियता, जनतन्त्र, जनजीविका र सङ्गठनसम्बन्धी अन्य निर्णय पनि भएको उल्लेख छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :
    “मिति २०७८ चैत १० गतेका दिन राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशको बैठक समितिका अध्यक्ष गिरीप्रसाद बुढाको अध्यक्षतामा बसी विभिन्न विषयहरूमा निर्णय गरेको छ । बैठकमा गरिएका केही निर्णय सार्वजनिक गर्नका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।

    १. आगामी २०७९ साल वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी यस समितिका अध्यक्ष गिरीप्रसाद बुढा (रुकुम पश्चिम) को संयोजकत्वमा पाँच सदस्यीय कर्णाली प्रदेश स्तरीय निर्वाचन मूल परिचालन समिति गठन गरेको छ, जसको सदस्यहरूमा कमलविक्रम शाही (कालिकोट), नरबहादुर सिंह (दैलेख), शेरबहादर परियार (सुर्खेत) र पार्वती ठाडा (सुर्खेत) रहनु भएको छ ।

    २. कर्णाली प्रदेश समितिका सचिव पूर्णबहादुर शाही (सुर्खेत) को संयोजकत्वमा पाँच सदस्यीय प्रदेश स्तरीय प्रचार प्रसार समिति गठन गरिएको छ, जसमा मिनबहादुर शाही (कालिकोट), लोकपाल थापा (दैलेख), लालबहादुर नेपाली (सुर्खेत) र पदमसिंह कामी÷विक (सुर्खेत) रहनुभएको छ ।

    ३. कर्णाली प्रदेश समितिका कोषाध्यक्ष कृष्णाकुमारी रावलको संयोजकत्वमा तीन सदस्यीय आर्थिक समिति गठन गरिएको छ, जसमा भीमसिंह विष्ट (दैलेख) र कृष्णबहादुर शाही (कालिकोट) रहनुभएको छ ।

    ४. माथिल्लो कर्णाली बचाऊँ राष्ट्रिय अभियानको पुरानो समिति भङ्ग गरी कमलविक्रम शाही (कालिकोट) को संयोजकत्वमा नयाँ समिति गठन गरिएको छ, जसको उपाध्यक्षमा लोकपाल थापा (दैलेख), महासचिवमा पूर्णबहादुर शाही (सुर्खेत), सचिवमा लालबहादुर नेपाली (सुर्खेत), कोषाध्यक्षमा कृष्णाकुमारी रावत (सुर्खेत) रहनुभएको छ भने सदस्यहरूमा मिनबहादुर शाही (कालिकोट) र नरबहादुर सिंह (दैलेख) रहनुभएको छ ।

    ५. बैठकले चुनावकेन्द्रित कार्यक्रमबाहेक राष्ट्रघाती एम.सी.सी., महङ्गी र भ्रष्टाचारलगायतका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा सङ्घर्ष तथा जनचेतनाका कार्यक्रम निरन्तर जारी राख्ने निर्णय गरेको छ ।

    ६. बैठकले कर्णाली प्रदेशका सबै जिल्लामा सङ्गठन निर्माण, सदस्यता वितरण अभियान तथा प्रशिक्षणका कार्यक्रम पनि नियमित सञ्चालन गर्ने निर्णय गरेको छ ।”

    शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.