• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

मसालले भन्यो : एमालेसँग चुनावी तालमेल गर्ने समाचारमा सत्यता छैन


  •   मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कमयुनिष्ट पार्टी (मसाल) ले एमालेसँग चुनावी तालमेल गर्ने पार्टीको नीति नरहेको स्पष्ट पारेको छ ।

    Advertisement

    प्रवक्ता रामप्रकाश पुरीले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी एमाले र राजावादीसँग चुनावी तालमेल नगर्ने पार्टीको निर्णय यथावत नै रहेको बताउनुभएको छ ।

    २०७८ चैत्र ०८ गते मंगलबारको कान्तिपुर दैनिक ‘मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालले भने एमालेसँग चुनावी तालमेल गर्ने निर्णय यसअघि नै गरिसकेको छ’ भन्ने समाचारप्रति पार्टीको ध्यानाकर्षण भएको मसालले जनाएको छ । सो समाचारमा सत्यता नरहेकोले भ्रममा नपर्नसमेत आग्रह गरिएको छ ।

    साथै, मसालले आफ्नो धारणा यसअघि नै स्पष्ट पारिसकेको सन्दर्भमा कान्तिपुरमा प्रकाशित समाचारको स्रोत के हो भनी प्रश्न गरेको छ।

    वक्तव्यमा भनिएको छ :
    ‘२०७८ चैत्र ०८ गते मंगलबारको कान्तिपुर दैनिकको पृष्ठ ३ मा प्रकाशित चुनावी तालमेलको विकल्पमा एमाले खुला शीर्षकको समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । उक्त समाचारको अनुच्छेद २ मा “मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालले भने एमालेसँग चुनावी तालमेल गर्ने निर्णय यसअघि नै गरिसकेको छ” भन्ने कुरा उल्लेख गरिएको छ ।

    वर्तमान स्थितिमा एमालेसँग चुनावी तालमेल नगर्ने नीति रहेको कुरा हामीले पहिले नै स्पष्ष्ट गरिसकेका छौँ । त्यो नीति अहिले पनि कायम रहेको छ । उक्त नीति सम्बन्धी विभिन्न समयमा हाम्रो पार्टीका आधिकारिक धारणा सार्वजनिक हुँदै आएका छन् । चुनाव जस्तो विषयमा के–कस्तो नीति बनाउने भन्ने विषयमा हाम्रो पार्टीले आफ्नो धारणा सार्वजनिक गरेर नै अगाडि बढेको इतिहास छ र अहिलेको सन्दर्भमा पनि त्यही कुरा सत्य हो ।

    गत माघ महिनामा सम्पन्न केन्द्रीय समितिको बैठकद्वारा पारित तात्कालिक राजनीतिक प्रस्तावमा समेत एमाले र राजावादीसित अहिलेको राजनीतिक परिस्थितिमा तालमेल नगर्ने भन्ने कुरा उल्लेख भइसकेको छ । त्यसका साथै त्यो बैठकले स्थानीय चुनावमा एमाले र राजावादीहरूसँग चुनावी तालमेल नगर्ने भनी गरेको निर्णयलाई पार्टीका आधिकारिक वक्तव्यहरूमा सार्वजनिक गरिसकिएको छ ।

    त्यसरी पार्टीले गरेको निर्णयलाई आम रुपमा लागू गरिदै गरिएको सन्दर्भमा कान्तिपुरमा प्रकाशित समाचारले भ्रम पैदा गरेको छ । उक्त समाचार असत्य र झुट भएको कुरा पनि स्पष्ट गर्न चाहन्छौँ । त्यसैले “मसालले एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरिसकेको” भन्ने समाचारको स्रोत के हो ? त्यसबारे आवश्यक छानवीन गरी सम्बन्धित पत्रीका वा पक्षले त्यस सम्बन्धी स्पष्ट गर्नका लागि ध्यान आकर्षण गर्दछौँ ।’
    मिति :२०७८ चैत्र ८ गते
    रामप्रकाश पुरी
    प्रवक्ता

    मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.