• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

विष्णु शर्माको सक्रियता र दृढता लोभलाग्दो : केसी


  •   सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दिवंगत रक्तिम सांस्कृतिक अभियानका कोषाध्यक्ष विष्णु शर्माको सक्रियता लोभलाग्दो भएको बताउनुभएको छ ।

    Advertisement

    शर्माको निधन भएको १४ औँ दिनमा रक्तिम सांस्कृतिक अभियानले काठमाडौंमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष केसीले पार्टीमाथि चौतर्फी आक्रमण भइरहेका बेला शर्माले पार्टीको नीति र रक्तिम अभियानलाई दृढतापूर्वक अगाडि बढाएको बताउनुभयो ।

    ‘विष्णु शर्माले पार्टी नीतिलाई सक्रियता र दृढतापूर्वक अघि बढाउनुभएको थियो । एमसीसीविरुद्धलगायतका आन्दोलनमा पनि उहाँको सक्रियता लोभलाग्दो थियो’ अध्यक्ष केसीले भन्नुभयो, ‘पार्टी र रक्तिम परिवारमाथि चौतर्फी आक्रमण भइरहेको बेला पार्टी नीतिलाई दृढतापूर्वक अघि बढाउने शर्माको निधनले आन्दोलनलाई धेरै नै क्षति पुगेको छ।’

    अध्यक्ष केसीले विष्णुको निधन भएपछि कतिपय अराजक तत्वहरुले विभिन्न भ्रम फैलाउन प्रयास गरेको भन्दै विष्णु शर्मा मसालको नीतिप्रति दृढतापूर्वक अघि बढेकै कारण पार्टीलाई कमजोर बनाउन सकिन्छ कि भनेर भ्रम फैलाउन खोजिएको बताउनुभयो ।

    साथै, केसीले आन्दोलनमा लाग्ने नयाँ पिँढीले आफू र आफ्नो परिवारको ख्याल गर्नुपर्ने बताउनुभयो । आफूलाई पनि माया गर्दै आन्दोलनमा लाग्न उहाँले सुझाव दिनुभयो ।

    कार्यक्रममा नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरीले विष्णु शर्मालाई बचाउन निकै प्रयास गरेपनि असफल भएको बताउनुभयो । उहाँले छोटो जीवनमा विष्णु शर्माले पार्टी, क्रान्ति र देशलाई ठूलो योगदान दिएको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा दिवंगत विष्णुका दाजु गुणनीधि शर्माले राजनीतिक आन्दोलनमा लाग्ने व्यक्तिहरुले आफ्नो स्वास्थ्यसँगै परिवारको अवस्थाको पनि ख्याल गर्नुपर्ने शिक्षा भाइ विष्णुको असामयिक निधनले दिएको बताउनुभयो ।

    रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम रानाले विष्णुको जीवनीबारे चर्चा गर्नुभएको थियो । श्रद्धाञ्जली कार्यक्रममा विष्णुकी आमा, दाजुसँगै श्रीमती तथा रक्तिमकी कलाकार समीक्षा श्रेष्ठलगायत आफन्तजन उपस्थित हुुनुहुन्थ्यो ।

    रक्तिमका केन्द्रीय सचिव हेमराज आश्रमले सञ्चालन गर्नुभएको श्रद्धाञ्जली सभामा विभिन्न जनवर्गीय संगठनका नेता, कार्यकर्ता तथा आफन्तजनले विष्णुको फोटोमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

    रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय कोषाध्यक्ष शर्माको गएको फागुन २४ गते ३२ वर्षको उमेरमा उपचारकै क्रममा काठमाडौंमा निधन भएको थियो ।
    यो पनिः जनवादी कलाकार विष्णु शर्माको सम्मानका साथ अन्त्येष्टि

    सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.