• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बलात्कार आरोपित शिक्षक बचाउन खोज्दा महिला प्रहरीको हत्या


  •   सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
  • काठमाडौँ । मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविमा आइतबार झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको छ ।

    Advertisement

    आफ्नै छात्रालाई बलात्कार प्रयास गरेको आरोप लागेका शिक्षक मनोज पौडेल आक्रोशित विद्यार्थीबाट घेरिएपछि उद्धारका लागि पुगेको प्रहरी टोलीमाथि आक्रमण हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो ।

    झडपमा प्रहरीकै मृत्यु भएपछि त्यस क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ। सोमबार बिहान ७ बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि घटनास्थलसहित लेटाङका वडा नम्बर ४, ५ र ६ कर्फ्यु लगाइएको ​मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नेपालखबरलाई जानकारी दिनुभयो ।

    कक्षा ७ मा पढ्ने १३ वर्षीया एक किशोरीले आफूलाई शिक्षकले यौन दुर्व्यहार गरेको भन्दै अभिभावक लिएर आइतबार विद्यालय पुगेकी थिइन् । यो थाहा पाउनासाथ विद्यार्थीहरू आरोपित शिक्षक मनोज पौडेलविरुद्ध आक्रोशित भए। आक्रोशित विद्यार्थीले शिक्षक पौडेलको को २७ प १९२१ नम्बरको मोटरसाइकल जलाइदिए ।

    शिक्षक पौडेलको ज्यान नै जोखिममा पर्न थालेपछि विद्यालय प्रशासनले प्रहरी गुहार्यो । प्रहरीको सुरक्षा घेरामा उनलाई दिनभर विद्यालयभित्रै थुनेर राखियो ।

    बाहिर विरोध बढ्दै गयो। प्रहरीले शिक्षक पौडेललाई सुरक्षा दिँदै बाहिर निकाले र त्यहाँबाट उद्धारका लागि मे १ च ६६२ नम्बरको एम्बुलेन्समा राख्यो । तर बढ्दै गएको भीडले आरोपित शिक्षक पौडेलविरुद्ध नाराबाजी गर्दै एम्बुलेन्समै ढुंगामुढा गर्न थाले।

    अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्न थाल्यो। यसै क्रममा प्रहरी र आक्रोशित विद्यार्थीबीच झडप भयो। मोरङ प्रहरीका अनुसार भीडको आक्रमणबाट एसपी जनार्दन जीसीसहित १५ जनाभन्दा बढी प्रहरी घाइते भएका छन्।

    तीमध्ये प्रहरी जवान उर्मिला श्रेष्ठ गम्भीर घाइते भइन्। उपचारका लागि हताहतार उनलाई लेटाङ बजारस्थित मनकामना अस्पताल पुर्याइयो, तर चिकित्सकले उनको मृत्यु भइसकेको बताए ।

    आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झडपमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।

    सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.