गणेश अधिकारी, पोखरा ।
एमसीसीविरुद्ध विभिन्न दलसँग आवद्ध आदिवासी, जनजाती तथा दलित उत्पीडित समूहहरूले गण्डकी प्रदेशको पोखरामा विरोध प्रदर्शन गरेका छन् ।
सिर्जना चोकबाट विभिन्न नाराबाजी सहित पृथ्वी चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
विरोध सभालाई राष्ट्रिय जनमोर्चा प्रदेश सदस्य गणेश अधिकारी, अखिल नेपाल जनजाति सम्मेलनका गण्डकी प्रदेश सदस्य डम्बर बहादुर थापा, अखिल नेपाल राष्ट्रिय मुक्ति मोर्चा मगर संघका कास्की अध्यक्ष निल बहादुर पुन, देशभक्त जनतान्त्रिक मोर्चाका प्रदेश अध्यक्ष नेत्र राना भाट, समता समाजका केन्द्रीय सदस्य विष्णु विक आदिबासी जनजाति महासंघका केन्द्रीय महासचिव नगेन्द्र बहादुर राईलगायतले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता भिम श्रीसले गर्नु भएको थियो भने अखिल नेपाल जनजाति सम्मेलनका कास्की जिल्ला उपाध्यक्ष नाम बहादुर बाठा मगरले सञ्चालन गर्नु भएको थियो ।