• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

मसालले चुनावमा भाग लिएर दक्षिणपन्थी भयो भन्नेहरूले पनि त्यही बाटो अपनाए : सिंह


  •   शनिबार, चैत ०५, २०७८ मा प्रकाशित
  • प्युठान । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले मसालबाट बाहिरिएको समूहमा सिद्धान्त र व्यवहारबीच तालमेल नरहेको बताउनुभएको छ ।

    Advertisement

    शनिबार प्युठानको झिमरुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री सिंहले पार्टीले सशस्त्र संघर्ष सुरू गरेन, चुनावमा भाग लियो भन्नेहरूको चितवन भेलाले त्यहि निर्णय गरेको बताउनुभयो । उहाँले फुटपरस्तहरूमा अनुशासनको मुख्य समस्या रहेको बताउनुभयो ।

    ‘उनीहरूको कुरा र व्यवहारमा अन्तर देखिन्छ । अनुशासन पालना गर्ने कुरामा समस्या छ’ महामन्त्री सिंहले भन्नुभयो, ‘अब दल दर्ताको प्रयत्न असफल भएपछि स्वतन्त्र चुनाव लड्ने र मसाल हराउने अभियानमा सरिक हुने होलान् ।’

    फुटपरस्तहरूले राजमोले जनसंघर्ष र चुनावमा केन्द्रित भएको भनेर दक्षिणपन्थी दोषारोपण गर्ने गरेको,
    गणतन्त्रको सम्बन्धमा नकारात्मक रहने गरेको र अन्ततः संयुक्त आन्दोलनमा राजावादी समेतको सहकार्यमा पुगेको बताउनुभयो । कुरा क्रान्तिकारी गरेपनि व्यवहारमा प्रतिगमनको कित्तामा उभिएको प्रष्टाउनुभयो ।

    महामन्त्री सिंहले प्रतिगमन सधैँ राजवादी कोणबाट मात्रै आउँछ भन्ने सोच्नु गलत हुने बताउनुभयो

    ‘संसदको गर्भबाट पनि प्रतिगमन आउने गरेको छ । हिटलर त्यसको गतिलो उदाहरण हो । जस्का कारण विश्वका ५ करोड जनताले ज्यान गुमाउनु परेको थियोे’ । यस्लाई समाप्त गर्न ठूलो मूल्य चुकाएपछि मात्र सम्भव भएको इतिहास सबैका अगाडि छर्लङ्ग छ ।’

    राजनीति, सिद्धान्त, अनुशासन नभएपछि पार्टीहरूको अवस्था के हुन्छ? राजावादीहरूबाट शिक्षा लिनुपर्ने सिंहले बताउनुभयो । अहिले राजावादीहरूले नै हाम्रो काम ओलीले गर्दिन्छन् भन्दै हिँड्ने गरेका र त्यो सत्यताको नजिक रहेको उहाँको भनाई थियो ।

    महामन्त्री सिंहले भन्नुभयो, ‘ओलीले स्थानीय र संसदमा दुइतिहाईका कुरा गरि रहेका छन् । त्यसको लागि भष्टाचार गरेको अरबौं रूपैयाँ खर्च गर्दैछन् । किनकि संविधान संशोधन गर्न दुई तिहाई चाहिन्छ । ओलीको गम्भीर प्रकारको प्रतिगामी र फासिष्ट शासनको उदयलाइ परास्त गर्न एमालेलाई परास्त गर्नुको विकल्प छैन।’

    सिंहले राष्ट्रघाती एमसीसी आम नेपाली जनताको देश भरि व्यापक विरोध हुँदा हुँदै षड्यन्त्र मूलक प्रकारले संसदबाट पास गरेपछि आफूहरु गठबन्धनबाट हटेको पनि स्पष्ट पार्नुभयो । तर, प्रतिगमनलाई परास्त गर्न तालमेलको ढोका खुलै राखेको उहाँले बताउनुभयो ।

    ‘गठबन्धनले मात्रै ओलीलाई परास्त गर्नसक्छ । तर गठबन्धनका सबैको सोचाई त्यस्तो छैन । किनकी उनीहरूको लागि जे हो चुनाव हो, जितेपछि श्रोत साधनहरूमाथि एकछत्र रजाइँ गर्न पाइन्छ’ उहाँले भन्नुभयो, ‘पछिल्लो चुनाव हारेकाहरू यो चुनावमा गठबन्धनका लागि ठूला बाधक बनेका छन् ।उनीहरूलाई देश, गणतन्त्र, राष्ट्रियतासित कुनै मतलब छैन । छ त मात्र चुनाव जितेर हालीमुहाली गर्ने मात्रै उनीहरूको केन्द्र बिन्दु छ। त्यस कारण तालमेल हाम्रा कारणले मात्र हुने होइन, सबैका चाहाना र जिम्मेवारी बोधले हुने हो ।’

    सिंहले सहकार्य सम्मानजनक हुनु पर्दछ भन्दै त्यस प्रकार नभए कसैलाई पनि स्वीकार हुँदैन भन्नुभयो । महामन्त्री सिंहले निर्वाचनमा गठबन्धनमा सहमति नहुन पनि सक्ने भएकाले एकल रुपमै चुनावको तैयारी लाग्नुपर्ने बताउनुभयो ।
    उहाँले चुनाव उपयोगको त्यति लामो अनुभव नभए पनि देश र जनताको पक्षमा पार्टीले ६०–६५वर्षदेखि लगातार काम गरिरहेको तर, यो अवधिमा कसैले भष्टाचार गरेको इतिहास नरहेको बताउनुभयो ।

    महामन्त्री सिंहले संसदवादी दलहरु भ्रष्टाचार गरेको पैसा निर्वाचनमा उपयोग गर्ने र मतदातालाई प्रभावित पार्ने गरेको बताउनुभयो । तर, सबै जनता विकाउ हुँदैनन् भन्ने कुरा बागलुङ, प्युठान, अर्घाखाँचीलगायतका जनताले देखाइदिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘चुनावमा जाँदा हामीले अरूले जस्तै पैसा बाड्न गाउँमा जादैनौं । राँगा खसी काटेर जनताका भोट प्रभावित कहिल्यै पारेका छैनौं । हामी राजनीति लिएर जाने गरेका छौँ । सबै जनता विकाउ हुँदैनन् त्यही भएर नै हो हामीले प्यूठान, बाग्लुङ, अर्घाखाँची, गुल्मी, नवलपरासी लगायत ठाउँहरूमा चुनाव जितेका छौँ।जनता विकाउ नै हुन्छन् भन्ने अरू पार्टीको लागि यो गतिलो झापट हो । केसीजी सरकारमा गए पनि पार्टीको नीति र सिद्धान्तलाई दह्रोसित राख्नुभयो र त्यही अनुसारको स्वच्छ र निश्कलंक छवि व्यवहार मै प्रष्ट गर्नुभयो ।’

    महामन्त्री सिंहले एमसीसीबारे पनि चुनावमा व्यापक कुरा उठ्ने बताउनुभयो । यसका पक्षधरहरूले पक्षमा वकालत गरि व्यापक भ्रमहरू सिर्जना गर्न सक्ने भएकोले स्थानीय निर्वाचनमा एमसीसीको विषयलाई आम जनतामा चेतना दिँदै जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    शनिबार, चैत ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.