• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

स्थानीय निर्वाचनमा सहकार्य गर्न राजमोको जोड, सिटको सन्तुलित विभाजन गर्न आग्रह


  •   बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय निर्वाचनमा प्रतिगमन विरोधी राजनीतिक दलहरुबीच गठबन्धन हुनुपर्नेमा जोड दिएको छ ।

    Advertisement

    सत्तारुढ चार दलले एमसीसी जवर्जस्ती संसदबाट पास गरेपछि गठबन्धनबाट बाहिरिएको राजमोले स्थानीय निर्वाचनमा पाँच दलबीच सहकार्य गर्ने इच्छा जाहेर गरेको हो ।

    महासचिव मनोट भट्टले बुधबार एक विज्ञप्ति प्रकाशित गरी स्थानीय तहमा प्रतिगमन विरोधी दलहरुबीच पारस्परिक सहमतिमा सिटहरु सन्तुलित प्रकारले विभाजन गर्न आग्रह गर्नुभएको छ ।

    अर्घाखाँची जिल्लामा स्थानीय निर्वाचनमा संयुक्त रुपमा मिलेर जान राजमोसहित पाँच दल बीचमा भएको सहमतिलाई पनि राजको केन्द्रीय समितिले स्वागत गरेको छ ।

    वक्तव्यमा भनिएको छ :
    ‘पाँच दलीय गठबन्धन तथा सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित गराएको थियो । पाँच दलीय गठबन्धनले एमसीसी पारित गराउन खेलेको भूमिकाका कारण नै हाम्रो दलले पाँच दलीय गठबन्धनबाट अलग हुने निर्णय लिनु परेको थियो ।

    एमसीसी विवादका कारण राष्ट्रिय जनमोर्चा पाँच दलीय गठबन्धनबाट अलग भए पनि प्रतिगमनका विरुद्ध यो गठबन्धनको महत्व रहेको कुरामा हामीले हाम्रो मत स्पष्ट गर्दै आएका छौँ । हामी पाँच दलीय गठबन्धनबाट हटेको भए पनि स्थानीय निर्वाचनमा प्रतिगमनलाई परास्त गर्न गठबन्धनमा आबद्ध दलहरुसँग चुनावी तालमेल गर्ने हाम्रो नीति रहेको छ ।

    हामीले त्यसका लागि आफ्नो तर्फबाट इमान्दारीपूर्वक प्रयत्न गर्नेछौँ । यदि पाँच दलीय गठबन्धनका बीच चुनावी तालमेल हुन नसकेमा वा नभएमा देश प्रतिगमनका साथै अधिनायकवादतिर जाने खतराप्रति पनि सबैको ध्यान आकर्षित गर्दछौँ ।

    अर्घाखाँची जिल्लामा प्रतिगमनलाई परास्त गर्नका लागि स्थानीय निर्वाचनमा संयुक्त रुपमा मिलेर जान हाम्रो दलसहित पाँच दलका बीचमा सहमति भएको छ । चैत्र ११ गतेदेखि प्रतिगमनका विरुद्ध अर्घाखाँचीमा संयुक्त अभियान संचालन गर्ने सहमति पनि भएको छ ।

    उक्त सहमतिलाई हामीले सकारात्मक रुपमा लिंदै स्वागत गर्दछौँ । एमालेको नेतृत्वमा देखा परेको प्रतिगमनका विरुद्ध यो सहमतिले चुनावी तालमेल तथा प्रतिगमनका विरुद्ध वातावरण तयार पार्न मद्दत पुग्ने छ ।

    त्यस सिलसिलामा यो कुरामाथि सम्बन्धित सबैको ध्यान जानु पर्दछ कि, स्थानीय चुनावमा सीटहरुको विभाजनमा सहमति बन्न सकेमा नै अर्घाखाँचीमा भएको सहमति र संयुक्त अभियानको कार्यक्रमले सार्थक परिणाम दिन सक्ने छ ।

    पारस्परिक सहमति र समझदारीका आधारमा स्थानीय तहका सीटहरुको सन्तुलित प्रकारले विभाजन हुन सकेमा नै अहिले कायम सहमति सुदृढ हुनेछ र प्रतिगमनलाई पराजित गर्नु सम्भव हुनेछ । त्यसका लागि ध्यान दिन हामी सम्बन्धित सबै पक्षलाई अपील गर्दछौँ ।’
    धन्यवाद !
    मिति : २०७८ चैत्र २
    मनोज भट्ट
    महासचिव

    बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.