दिनेश रैदास, दाङ ।
दाङमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक), अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले एम.सी.सी. को विरुद्ध घोराहीमा विरोध प्रदर्शन गरेका छन् ।
घोराहीको ट्राफिक चोकबाट सुरु भएको जुलुस तथा प्रदर्शनमा एम.सी.सी. खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय साम्राज्यवाद मुर्दावाद, सम्पूर्ण मुक्तिकामी मजदुर एक हौँ, मजदुर विरोधी विधेयक खारेज गर जस्ता गगनभेदी नारासहित नेता, कार्यकर्ता, मजदुर, किसानहरू सम्मिलित जुलुस निमाहलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घअ (अन्टुक) का मनिराम खनाल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य नरेन्द्र बन्जाडे र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ केन्द्रीय सचिव डिल्ली वलीले सम्बोधन गर्नुभएको थियो ।
सभाको सहजीकरण सन्जय वलीले गर्नुभएको थियो ।
