केरसिंह अदै, तौलिहवा ।
जातीय समता समाज विजयनगरको पालिका भेला सम्पन्न भएको छ । समाजका केन्द्रीय सल्लाहकार दिलबहादुर विकको प्रमुख आतिथ्यमा सो भेला सम्पन्न भएको हो ।
खडेरु पासीको अध्यक्षता तथा गोविन्द परियारको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राजमोका नेताहरू मोहनसिंह विक, गोपाल विक, नमबहादुर खत्री, रामसमारे ढोरी, पतेश्वरी चाँदो, प्रभु यादव र मनिषा कोरीको पनि आतिथ्य रहेको थियो ।
भेलाले खडेरु पासी अध्यक्ष रहनुभएको समता समाजको विजयनगर पालिका समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा शिवराजी पठान, सचिवमा गोविन्द परियार, सहसचिवमा कृष्ण सुनार र कोषाध्यक्षमा मनिषा कोरी रहनुभएको छ ।
त्यस्तै, वैकल्पिक सदस्यमा कमल कोरी, ओमप्रकाश खटिक र पप्पु खटिक रहनुभएको छ भने वैकल्पिक सदस्यमा केवला पासी, टिकोरालाल कोरी र रामाशङ्कर ढोबी रहनुभएको छ ।
भेलाले मुकेश, अर्जुन पासी, हमिक मुसलमान, गोपाल सुनार र राहुल विकलाई सल्लाहकारमा चयन गरेको छ ।