परासी । अखिल (छैठौं), अखिल (क्रान्तिकारी) र अखिल (क्रान्तिकारी) को आयोजनामा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका चिसापानीस्थित दिव्यज्योति क्याम्पसमा एम.सी.सी., मूल्यवृद्विलगायतका विषयमा विरोघ प्रदर्शनसहित कोणसभा सम्पन्न भएको छ ।
२०७८ फागुन २७ गते सम्पन्न उक्त कार्यक्रमका वक्ता अखिल (छैठौँ) का जिल्ला अध्यक्ष सगर सुवेदी हुनुहुन्थ्यो ।
सो अवसरमा उहाँले जनता झुक्काउनका लागि व्याख्यात्मक टिप्पणीको सहारामा राष्ट्रघाती एम.सी.सी. संसद्का राजनीतिक दलहरूले पास गरे पनि विद्यार्थी र नेपाली जनताले सडकबाट खारेज गर्दै राट्रिय स्वधिन्ताको रक्षा गर्ने दाबी गर्नुभयो ।
कार्यक्रमलाई नेकपा (विप्लप) निकट अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक सन्देश सापकोटाले पनि सम्बोधन गर्नुभएको थियो ।
नेकपा (क्रान्तिकारी माओवादी समाजवादी) निकट अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक सन्तोष तिवारीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
