इन्द्रमणि पाण्डे, बागलुङ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले उच्च मनोबलका साथ जनतामा जान कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
राजमो ढोरपाटन नगरपालिका–२ को प्रशिक्षण तथा जनभेटघाटलाई सम्बोधन गर्दै नेता ढुंगानाले राजमोले देश र जनताको पक्षमा लगातार संघर्ष गर्दै आएको स्मरण गर्दै राजमोले लिएको नीति जनतामा पुर्याउन आग्रह गर्नुभयो ।
अवसरवादी तथा विचौलिया मनोवृत्तिमा रमाउने मानिसहरु स्थिर हुन नसक्ने भन्दै उनीहरु सधैँ स्वार्थ र अवसरको खोजीमा रहने उहाँले बताउनुभयो ।
कार्यक्रममा राजमो नगर अध्यक्ष दीपक थापाले अहिले राष्ट्रियता भन्दा पद र पैसा ठूलो देख्नेहरु आफैँ सकिएर जाने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा राजमोका केन्द्रीय सदस्य गौरीश्वर पाण्डे भूमी आयोग बागलुका अध्यक्ष धर्म बहादुर कुँवरको को पनि उपस्थित रहेको थियो । कार्यक्रम वडा सदस्य मन कुमारी विकको अध्यक्षतामा सम्पन्न भएको थियो ।