काठमाडौं । रक्तिम सांस्कृतिक अभियानले केन्द्रीय कोषाध्यक्ष विष्णु शर्माको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ ।
महासचिव जीवन शाहीले बुधबार शोक वक्तव्य प्रकाशित गरी ‘उहाँको निधनले नेपाली जनवादी सांस्कृतिक आन्दोलनको क्षेत्रमा ठूलो क्षति पुगेको बताउनुभएको छ ।
शोक विज्ञप्तिमा भनिएको छ,
२०७८ फागुन २४ गते साँझ रक्तिम सांस्कृतिक सांस्कृतिक अभियानका केन्द्रीय कोषाध्यक्ष विष्णु शर्माको केएमसी अस्पताल सिनामंगल काठमाडौंमा उपचारको क्रममा ३२ वर्षको अल्पायुमै भएको दुःखद निधनले हामीलाई स्तब्ध बनाएको छ । मृतक प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
कामरेड विष्णु केही समय यता कमलपित्त रोबाट ग्रसित हुनुहुन्थ्यो । कमलपित्त बिग्रिएर पछि उहाँको नियमित उपचार त्रिवि शिक्षण अस्पालमा भइरहेको थियो ।
मंगलबार बिहानदेखि स्वास्थ्यमा समस्या देखिएपछि पहिले त्रिवि शिक्षण अस्पाल महाराजगंज लगिएको थियो । चिकित्सकहरुले भेन्टिलेटरमा राख्नु पर्ने अवस्था भएकाले यहाँ भेन्टिलेटर छैन अन्यत्र लैजान सुझाएका थिए । त्यस पश्च्यात उहाँलाइ केएमसी अस्पताल सिनामंगल काठमाडौंमा लगिएको थियो । चिकित्सकहरुको उहाँलाई बचाउन सम्भावित सबै प्रयत्न गरेता पनि त्यो प्रयत्न सफल हुन नसकेका उपचारमा संलग्न आफन्तजनहरुले बताउनु भएको छ ।
कामरेड बिष्णु निकै उर्जावान र संगठन प्रति अत्यन्तै बफादार हुनुहुन्थ्यो । ब्यवस्थापकीय जिम्मवारीमा कहल्यिै पछि नहट्ने स्वाभाव उहाँमा थियो । रक्तिम सांस्कृतिक अभियानका देश तथा प्रवासका थुपै स्थानहरुमा स्टेज शो गर्नुभएका विष्णु, आफैँमा कोरियोग्राफर हुनुहन्थ्यो । बिशेष गरी उहाँ नृत्य र अभिनय विधामा दख्खल राख्नुहुन्थ्यो । उहाँले दर्जनौं म्युजिक भिडियो लगायत ‘फागुन २४’ चलचित्रमा पनि महत्वपूर्ण पात्रकारुपमा भूमिका निभाउनु भएको छ । भने नयाँ पीढिलाई देश तथा प्रवासका थुुप्रै शिविरहरुमा प्रशिक्षण समेत दिनु भएको छ ।
शर्माको करिब दुई वर्षअघि रक्तिमका कलाकार समीक्षा श्रेष्ठसँग विवाह भएको थियो ।
क. बिष्णुलाई बचाउन सम्भावित सबै प्रयत्न भएतापनि मृत्यु सँग हाम्रो हार भयो । यतिबेला हामीसँग अब शोकलाई शक्तिमा बदल्नुको सिवाय अरु केही विकल्प रहेन । आज हामीले अकल्पनिय दुखद घटना व्यर्होनु परेको छ । दुःखको यस घडीमा दिवंगत कामरेड विष्णु प्रति पुनः भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।
मितिः२०७८ फागुन २४
जीवन शाही
महासचिव
कुवेत नेपाली एकता समाज दुःखी
यस्तै, रक्तिम कोषाध्यक्ष शर्माको निधनप्रति कुवेत नेपाली एकता समाजले गहिरो दुःख प्रट गरेको छ ।
समाजका महासचिव खुम रायमाझीले बुधबार शोक विज्ञप्ति प्रकाशित गरी ‘उहाँले पार्टी र संगठनप्रति गरेको योगदान अमर रहने’ बताउनुभएको छ ।