काठमाडौं । नेपाल बार एसोसिएसनको २०७८ चैत १९ गते हुने चुनावमा अखिल नेपाल कानून व्यवसायी संघको तर्फबाट बागमती प्रदेशको उपाध्यक्ष पदमा राजेन्द्र शर्माले उम्मेदवारी दिनुभएको छ ।
केन्द्रीय समितिमा एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, एक जना महासचिव, एक जना कोषाध्यक्ष, दलित १ जना, मधेसी र मुस्लिम २ जना, आदिवासी जनजाति २ जना, महिला २ जना, उपत्यका बाहिरको १ जना र खुलाबाट ६ जना गरी १४ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।
उम्मेदवारी दर्ता गर्दै उपाध्यक्षका उम्मेदवार शर्माले संघीयता र एमसीसीका विरुद्ध तथा स्वतन्त्र न्यायपालिकाको पक्षमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले एजेन्डा मिल्ने समूहसँग गठबन्धन गर्न सकिने बताउनुभयो ।

काठमाडौंको कागेश्वरी मनोहरा, डाँछी घर भएका शर्मा अखिल नेपाल कानून व्यवयायी (अन्ला) का केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा रहनुभएको छ । उहाँ विगत १८ वर्षदेखि कानून व्यवसायमा संलग्न रहँदै आउनुभएको छ ।
बार एसोसिएसनको स्थापना विसं २०१३ सालमा भएको थियो । अहिले २६औं चुनाव हुन गइरहेको छ । उम्मेदवारी दर्ता गर्नको लागि अन्लाका अध्यक्ष पदम रोका, महासचिव लक्ष्मणदेव पाण्डेलगायत बार एसोसिएसन, रामशहपथमा जानुभएको थियो ।
यी हुन् बार निर्वाचनका उम्मेदवारहरू