• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

रोल्पामा एम.सी.सी. विरुद्ध ठाउँ ठाउँमा विरोधसभा तथा मसाल जुलुस


  •   शनिबार, फागुन २१, २०७८ मा प्रकाशित
  • लिबाङ । एम.सी.सी. खारेज गर्न माग गर्दै रोल्पाका विभिन्न स्थानमा विरोधसभा तथा मसाल जुलुस सम्पन्न भएका छन् ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिस्ट पार्टी विप्लव पक्षको आयोजनामा २०७८ फागुन २१ गते जिल्लाका विभिन्न स्थानमा ती कार्यक्रम सम्पन्न भएका हुन् ।

    राजमो नेता हस्तमणि पुनले दिनुभएको जानकारीअनुसार रोल्पा परिवर्तन गाउँपालिका–३ बागमारा बजारमा विरोधसभा सम्पन्न भएको छ ।

    कार्यक्रमलाई राजमो जिल्ला सदस्य केबी थापा, नेकपाका गाउँपालिका इन्चार्ज पृथ्वीविक्रम डाँगी तथा सोही गाउँपालिकाका नेकपा नेता गणेशबहादुर बुढाले सम्बोधन गर्नुभएको थियो ।

    भरत रिजालको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा नेकपा परिवर्तन गाउँपालिका–३ का सचिव राजन डाँगीले सञ्चालन गर्नुभएको थियो ।

    त्यस्तै, सिमपानीमा एम.सी.सी. को विरुद्धमा मसाल जुलुस सम्पन्न भएको थियो । त्यस क्रममा सम्पन्न कोणसभालाई राजमो रोल्पाका सचिव डम्बर खड्काले सम्बोधन गर्नुभएको थियो ।

    एवम् प्रकारले पाङमा सम्पन्न मसाल जुलुसपछिको कोणसभालाई राजमो जिल्ला उपाध्यक्ष अनराम पुनले सम्बोधन गर्नुभएको थियो ।

    त्यसैगरी, बडाचौरमा सम्पन्न मसाल जुलुसपछि आयोजित कोणसभालाई राजमो जिल्ला सदस्य खिमलाल विष्टले सम्बोधन गर्नुभएको थियो ।

    एम.सी.सी. को विरोधमा रोल्पाको घोडागाउँमा पनि मसाल जुलुस र कोणसभा सम्पन्न भएको थियो । कार्यक्रमलाई राजमो जिल्ला सदस्य बुद्धिबहादुर राउतले सम्बोधन गर्नुभएको थियो ।

    त्यस्तै, घारपानीमा मसाल जुलुसका साथै कोणसभा सम्पन्न भएको छ । त्यहाँ अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष टङ्क पुन र राजमो जिल्ला सदस्य भी.के. पुनले सम्बोधन गर्नुभएको थियो ।

    रोल्पाकै ह्याङमा पनि मसाल जुलुसका साथै कोणसभा सम्पन्न भएको छ । कोणसभालाई राजमो जिल्ला सदस्य भागिराम विक, नेकपाका जिल्ला सदस्य पोकलाल विक र जातीय समता समाजका हरि विकले सम्बोधन गर्नुभएको थियो ।

    नेकपा त्रिवेणी गाउँपालिका–२ का इन्चार्ज गणेशले कोणसभाको सञ्चालन गर्नुभएको थियो ।

    एवम् प्रकारले थबाङमा सम्पन्न मसाल जुलुसपछिको कोणसभालाई राजमो जिल्ला सदस्य धनप्रसाद बुढाले सम्बोधन गर्नुभएको थियो ।

    अरेसमा सम्पन्न एम.सी.सी. विरुद्धको मसाल जुलुसपछिको कोणसभालाई राजमो जिल्ला सदस्य भी.के. टमटाले सम्बोधन गर्नुभएको थियो ।

    शनिबार, फागुन २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.