• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राष्ट्रिय जनमोर्चा बागलुङको प्रशिक्षण भेला उद्घाटन


  •   शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित
  • बागलुङ बजार । राष्ट्रिय जनमोर्चा बागलुङको दुईदिने प्रशिक्षण भेलाको २०७८ फागुन २० गते राधाकृष्ण हल बागलुङ बजारमा उद्घाटन भएको छ ।

    Advertisement

    प्रशिक्षण भेलाको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले गर्नुभएको थियो ।

    उद्घाटन मन्तव्यको क्रममा प्रमुख अतिथि भट्टले अहिले देशको राष्ट्रियता कमजोर बन्दै गएको अवस्थामा झन् एम.सी.सी. संसद्बाट पारित गरेर गम्भीर राष्ट्रघात गरेको बताउनुभयो ।

    उहाँले प्रतिगमन विरुद्ध सङ्घर्षको क्रममा बनेको पाँचदलीय गठबन्धनभित्रका पार्टीहरूले राष्ट्रियताको विषयमा अडान लिन नसक्दा एम.सी.सी. को पक्षमा उभिएकाले गठबन्धनबाट राष्ट्रिय जनमोर्चाबाट बाहिरिएको बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चाले राष्ट्रियता र जनजीविकाको सवालमा कुनै पनि सम्झौता गर्न नसक्ने बताउँदै प्रतिगमन विरुद्धका साथै राष्ट्रियताको आन्दोलनलाई सशक्त बनाउन सबैलाई आह्वान गर्नुभयो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज गौरिश्वर पाण्डे, राजमो केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना, राजमो गण्डकी प्रदेश सहसचिव तथा गण्डकी प्रदेश मामिला सभापति सांसद खिमविक्रम शाही, राजमो गण्डकी प्रदेश सदस्य तिलक थापा, राजमो बागलुङकी जनप्रतिनिधि लक्ष्मी बास्कोटा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुन, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, अखिल नेपाल शिक्षक सङ्घ बागलुङका अध्यक्ष मित्रदत्त ढकाल, युगदर्शन प्रकाशनका व्यवस्थापक हरिकान्त शर्मालगायतले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

    सो अवसरमा राजमो केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सांसद पियारी थापा, राजमो केन्द्रीय सदस्य दिलबहादुर दर्जी, लीलादेवी शर्मा, राजमो गण्डकी प्रदेश सचिव बेदीलाल सापकोटा, सल्लाहकार टङ्क केसी, राजमो बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका पूर्व सल्लाहकार नरबहादुर पुन, अखिल नेपाल युवक सङ्घका महासचिव भीमसेन वन, अखिल (छैठौं) का केन्द्रीय कोषाध्यक्ष प्रतिभा आचार्य, अखिल नेपाल महिला सङ्घ बागलुङकी अध्यक्ष तथा बरेङ गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुन, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य विष्णु अधिकारी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) बागलुङका अध्यक्ष नेत्र बुढाथोकी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ बागलुङका अध्यक्ष पदम श्रेष्ठ, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य सुनमाया ढकाल, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य धनबहादुर कुँवर, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य ताराप्रसाद शर्मा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओम पुन, जातीय समता समाज बागलुङका कोषाध्यक्ष रामकुमार विक, अखिल (छैठौं) बागलुङका अध्यक्ष गणेश सापकोटालगायतको आतिथ्य रहेको थियो ।

    कार्यक्रम राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाको अध्यक्षता, सचिव भीमलाल पोखरेलको सञ्चालन र उपाध्यक्ष धर्म कुँवरको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    फागुन २० र २१ गते सञ्चालन हुने जिल्ला प्रशिक्षण भेलामा विभिन्न राजनैतिक विषयमा प्रशिक्षण हुनुका साथै २०७९ वैशाख ३० मा सम्पन्न हुने स्थानीय निर्वाचनबारे निर्णय हुने बताइएको छ ।

    शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.