• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

एम.सी.सी. विरुद्ध आठ दलद्वारा चैत ६ गतेसम्मका लागि आन्दोलनको घोषणा


  •   मङ्गलबार, फागुन १७, २०७८ मा प्रकाशित
  • काठमाडौँ । आठ राजनीतिक दलहरूले एम.सी.सी. को विरुद्धमा फागुन २० देखि चैत ६ गतेसम्मका लागि आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । २०७८ फागुन १७ गते बसेको आठ दलको बैठकले सो कार्यक्रम घोषणा गरेको हो ।

    Advertisement

    घोषित कार्यक्रमअनुसार फागुन २० गते काठमाडौँ उपत्यकामा विशाल विरोध प्रदर्शन तथा संयुक्त विरोधसभा सम्पन्न गरिने छ भने फागुन २२ गते बुद्धिजीवीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिने छ ।

    त्यस्तै, फागुन २४ गते ८ मार्च अन्तर्राष्ट्रिय नारी दिवस भव्य रूपमा मनाउनका लागि देशव्यापी विरोध प्रदर्शन तथा सभा सम्पन्न गरिने छ ।

    फागुन २६ गते आठ दलसम्बद्ध विद्यार्थीहरूको देशव्यापी क्याम्पस तथा विद्यालयमा विरोध प्रदर्शन र सभा सम्पन्न गर्ने छन् भने फागुन २८ गते युवकहरूले देशव्यापी विरोध प्रदर्शन र सभा सम्पन्न हुने छ । त्यस्तै, फागुन ३० गते मजदुर सङ्गठनहरूले देशव्यापी विरोध प्रदर्शन तथा सभा सम्पन्न गर्ने छन् ।

    चैत २ गते किसानहरूको तर्फबाट देशव्यापी विरोध प्रदर्शन तथा सभा सम्पन्न कार्यक्रम आयोजना गरिएको छ । त्यस्तै, चैत ४ गते श्रमिक तथा दलित समुदायसित सम्बन्धित मोर्चाहरूको देशव्यापी विरोध प्रदर्शन र सभा सम्पन्न गरिने भएको छ । एवम् प्रकारले चैत ६ गते जातीय/क्षेत्रीय मोर्चाहरूको आयोजनामा देशव्यापी विरोध प्रदर्शन र सभा सम्पन्न हुने छ ।

    आन्दोलनको कार्यक्रम घोषणा गर्दै आठ दलले संयुक्त प्रेसविज्ञप्तिमा भनेका छन्–
    “आज हाम्रो ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको बैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौँमा बस्यो । नेपाली राजनीतिक आन्दोलन र राष्ट्रिय मुक्तिको जनसङ्घर्षको इतिहासमा नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टी, सच्चा लोकतन्त्रवादी, देशभक्त शक्ति र राष्ट्रवादी आम नेपाली जनताले गत फागुन १५ गतेलाई कालो दिन घोषणा गरेका छन् । शेरबहादुर देउवा सरकार, नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले नेपाली जनताको विरोध, प्रतिवाद र देशव्यापी खारेजी आन्दोलनको खिलाफमा राष्ट्रघाती, जनघाती र अमेरिकी साम्राज्यवादसँग आत्मसमर्पणवादी कुकार्य गरे । यो देश र नेपाली जनताका विरुद्ध गरिएको अक्षम्य अपराध सावित भएको छ ।

    त्यसैगरी राष्ट्रघाती एम.सी.सी. सम्झौता संसद्बाट पारित हुँदै गर्दा नेकपा (एमाले) ले त्यसका विरुद्ध सङ्घर्ष गर्नुको सट्टा बेल घेराउको बहानामा सम्झौता पारित गर्न सघाउ पु¥याउने कार्य गरी नेपाली जनता र राष्ट्रप्रति अन्तर्घात गरेको छ । एम.सी.सी. सम्झौता पारित गर्ने राष्ट्रघातका विरुद्ध अविराम र निर्णायक जनसङ्घर्ष सञ्चालन गर्नु सम्पूर्ण देशभक्त नेपाली जनताको अह्म कर्तव्य हुन पुगेको छ । विषयको यही गाम्भीर्यतालाई दृष्टिगत गर्दै हामी ६ कम्युनिस्ट पार्टी र २ ओटा मोर्चाले आगामी चैत ६ गतेसम्मको जनसङ्घर्षको कार्यक्रम घोषणा गरेका छौँ ।

    सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट, सच्चा लोकतन्त्रवादी, देशभक्त शक्ति, राष्ट्रवादी व्यक्तित्व र आम नेपाली जनसमुदायमा घोषित सङ्घर्षको कार्यक्रमलाई सशक्त रूपमा सफल पार्न व्यापक सहभागितका निम्ति विनम्र अनुरोध गर्दछौँ ।”

    वक्तव्यमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्ध किरण, नेकपा विप्लव पक्षका महासचिव विप्लव, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सी.पी. गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुति र नेकपा (माओवादी केन्द्र समाजवादी) का अध्यक्ष कर्णजीत बुढाथोकीको हस्ताक्षर रहेको छ ।

    मङ्गलबार, फागुन १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.