गोविन्दकुमार शर्मा, काठमाडौँ ।
एम.सी.सी. संसदबाट पारित गरेको विरोधमा नेपालबन्द गराउँदै हिँडेका राष्ट्रिय जनमोर्चाका चार जना नेताहरूलाई काठमाडौँ प्रहरीले गिरफ्तार गरेको छ ।
Advertisement
नेपालबन्द गराउँदै हिँड्नुभएका राष्ट्रिय जनमोर्चा राष्ट्रिय जनमोर्चा १ नं. प्रदेशका इन्चार्ज हरिकान्त शर्मा, काठमाडौँका सचिव छवि खनाल, अखिल (छैठौं) का पूर्वकेन्द्रीय अध्यक्ष विमल पोखरेल र राजमो केन्द्रीय कार्यालयका मदन पाण्डेलाई २०७८ फागुन १६ गते धुम्बाराहीबाट गिरफ्तार गरेको हो ।
गिरफ्तार चारै जनालाई महानगरीय प्रहरी वृत्त चक्रपथमा राखिएको राजमो १ नं. प्रदेशका इन्चार्ज हरिकान्त शर्माले बताउनुभयो ।

