बागलुङ बजार । राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङ र राष्ट्रिय जनमोर्चा तङ्ग्राम बागलुङको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
राजमो जिल्ला समिति बागलुङका अध्यक्ष अमर थापाकी सासुआमा तथा राष्ट्रिय जनमोर्चा तङ्ग्रामका सदस्य पूर्णबहादुर थापाका ममतामयी आमा काठेखोला गाउँपालिका वडा नं. ४ तङ्ग्राम टुनिबोट निवासी पृथीकला थापाको ९२ वर्षको उमेरमा फागुन १३ गते भएको दुखद निधनमा शोक व्यक्त गर्दै २०७८ फागुन १५ गते तेस्रो दिनमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
श्रद्धाञ्जली कार्यक्रममा राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना तथा राष्ट्रिय जनमोर्चा काठेखोलाका अध्यक्ष लक्ष्मण पुनले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा राजमो बागलुङका अध्यक्ष अमर थापा, राजमो गण्डकी प्रदेश सदस्य तिलक थापा, राजमो नेतृ लक्ष्मी बास्कोटा, जिल्ला राजमो जिल्ला सचिव भीमलाल पोखरेल, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज पुन, अखिल नेपाल बुद्धिजीवी सङ्घकी केन्द्रीय सदस्य कमला थापा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओमबहादुर पुन, जातीय समता समाज बागलुङका सचिव टीकासङ्गम विक, सदस्य भीम विक, अखिल नेपाल भूतपूर्व सैनिक सङ्घ बागलुङका सचिव थिरबहादुर राना, राजामो तङ्ग्रामका अध्यक्ष विष्णु कँडेल, सदस्य नरबहादुर थापा, हर्कराम थापालगायतले श्रद्धाञ्जली दिनुभएको थियो ।