परासी । एम.सी.सी विरुद्ध देशैभरि आठ दलको पूर्वघोषित कार्यक्रमानुसार नवलपरासी जिल्लाका बेलाटारी, सेमरी, गोपीगञ्ज, भटौलिया, पठखौलीलगायत स्थानमा २०७८ फागुन १३ गते कोणसभा सम्पन्न भएका छन् ।
सभाहरूलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सदस्य तिलकप्रसाद सुवेदीले सम्पूर्ण नेपाली जनताले आआफ्नो स्थानबाट राष्ट्रघाती एम.सी.सी. विरुद्ध दबाब सृजना गरेर सङ्घीय संसद्लाई खारेज गर्न बाध्य बनाउनुपर्नेमा जोड दिनुभएको थियोे ।
त्यसैगरी कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (मसाल) नवलपरासी जिल्लाका प्रवक्ता धनपति सापकोटाले एम.सी.सी. को माध्यमबाट अमेरिकी स्वार्थ पूरा गर्न नेपाली सत्तासिन दलका नेता लागिपर्नु घोर दलाली भएकाले नेपाली जनताले दलाललाई चिन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा विप्लवका रामप्रीत हरिजन, नेकपा (क्रान्तिकारी माओवादी) का क्षेत्रबहादुर थापा, देशभक्त जनतान्त्रिक मोर्चाका चूडामणि भण्डारीले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सुरु र अन्त्यमा गगनभेदी नारा घन्काइएको थियोे ।
