• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अमेरिकी दादागिरीको युग अब सकियो : झलनाथ खनाल


  •   शुक्रबार, फागुन १३, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अमेरिकाको दादागिरीको युग सकिएको बताउनुभएको छ । शुक्रवार नेकपा एससम्बद्ध जनसंगठनद्वारा आयोजित एमसीसीबिरुद्ध खबरदारी सभामा बोल्दै नेता खनालले अमेरिकी दादागिरीको युग सकिएको भन्दै बिना संशोधनको एमसीसी नेपाललाई नचाहिने बताउनु भयो ।

    Advertisement

    सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री खनालले आफू प्रधानमन्त्री हुँदा एमसीसी चाहियो भनेर अमेरिकालाई पत्र नलेखेको दाबी पनि गर्नुभएको छ । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अहिले प्रतिगामी शक्तिहरुले एमसीसी चाहियो भनेर झलनाथ खनालले भनेको आरोप लगाइरहेको भन्दै त्यो सरासर झुटो भएको बताउनु भयो।

    नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले आज पोखरामा आयोजित एक सभालाई सम्बोधन गर्दै झलनाथ खनालको प्रधानमन्त्री कार्यकालमा एमसीसी चाहियो भनेर पत्र लेखिएको बताउनु भएको थियो । नेता खनालले आफ्नो कार्यकालमा एमसीसीसँग कुनै कुरामा पत्र लेखेको डकुमेण्टहरु लिएर आउन पनि चुनौति दिनुभयो ।

    उहाँले एमसीसीलाई पत्र लेख्ने कुरा डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेदेखि शुरु भएको र यो कुरा दिउँसोको घाम जत्तिकै छर्लङ्ग रहेको बताउनु भयो । नेता खनालले अहिले देशमा अर्कोले गल्ती ग¥यो म पनि गल्ती गर्छु भन्ने ढंगले राष्ट्रघाती कदमहरु चालिएको आरोप लगाउनु भयो ।

    नेता खनालले भन्नुभयो, ‘एमसीसी त्यतिबेला जुन सरकारले सम्झौता गरेको थियो । यो एमसीसी सम्झौता त झलनाथ खनालको प्रधानमन्त्रीको कालमा पो शुरुवात भएको हो । उसले पो चिठि लेखेर यो कामको थालनी गरेको हो भन्ने कही मूर्खहरुले यसरी प्रचारप्रसार गरिरहेका छन् । यो १०० प्रतिशत मात्रै होइन एक लाख प्रतिशत झुटो कुरा हो । म प्रधानमन्त्री भएको बेलामा प्रधानमन्त्रीको कार्यालयबाट कुनै न कुनै चिठी लेखेको छु, न कुनै अनुरोध गरेको छु । एमसीसी सम्झौता गर्ने कुरामा एउटा कुरा पन अघि बढाएका छैनौँ । त्यो बेलामा हामी त्यो हैसियतमा पनि थिएनौँ । त्यतिबेला हामी संविधान बनाउन केन्द्रित थियौँ । त्यो भन्दा पछाडि जुन सरकार बन्यो, सायद भित्रभित्रै त्यसका कार्यहरु हुँदै थिए । एमसीसी ल्याउनको लागि डा. बाबुराम भट्टराईको पालाबाट चिठी लेखेर त्यो शुरुवात भएको कुरा दिउँसोको घाम जत्तिकै छर्लङ्ग छ । यसलाई कसैले छोपेर छोप्न सक्दैन । मेरो कार्यकालमा कुनै कुराहरु भएको छ भने त्यो डकुमेण्ट लिएर आउन म चुनौति दिन्छु । तैँले गल्ती गरिस् मैले किन गल्ती गर्न नहुने भन्ने ढंगले राष्ट्रमाथि घात गर्ने खालका प्रयत्नहरु हुँदैछन् ।’

    नेता खनालले छिमेकी राष्ट्रलाई रुष्ट बनाएर टाढाको मुलुकलाई रिजाउन खोजे त्यो भन्दा ठूलो दुर्भाग्य नेपालका लागि अरु कुनै नहुने दाबी गर्नुभयो । उहाँले छिमेकी राष्ट्रहरुलाई रुष्ट बनाउँदा युक्रेनको जस्तो दुर्भाग्य नेपालले पनि खेप्नु पर्नस्क्ने बताउनु भयो । उहाँले छिमेकी देश चीन र भारतका बिरुद्ध नेपालमा कुनै पनि गतिविधि भए नेपालको अस्तित्वमाथि खतरा पैदा हुने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

    नेता खनालले भन्नुभयो, ‘दुई तीन दिनअघि मात्रै युक्रेन भन्ने देश सिंगो देश थियो, तर अहिले विभाजित भएर तीन वटा देशको रुपमा परिणत भएको छ, आक्रमण भइरहेको छ । हामीले अध्ययन गयौं भने युक्रेन रुसको अत्यन्त संवेदनशील छिमेकमा रहेको छ । तर छिमेकमा भएको सरकारले लगातार आफूलाई पश्चिमाहरुसँग सम्बन्ध राख्न खोज्ने नेटोको सदस्य बनाउन माग गर्दै लगातार रुसलाई उत्तेजित बनाउँदै गयो । रुसको राष्ट्रिय सुरक्षा जुन हो, त्यसमा अफ्ठ्यारो पार्न खोज्यो । त्यसैले रुसले आफ्नो राष्ट्रिय सुरक्षामा अफ्ठ्यारो पर्छ भनेर अहिले त्यो देशमाथि आक्रमण गरिरहेको छ । हामी स्वतन्त्र देश हौँ र नाटोको सदस्यता लिँदैनौँ भनेको भए यो देशले यस्तो दुर्दशा भोग्नु पर्ने थिएन । अन्य देशमा भइरहेका घटनाबाट पनि हामीले शिक्षा लिनुपर्छ । हामीले अहिले जुन एमसीसीको बारेमा छलफल गरिरहेका छौँ, छिमेकी देशहरु चीन र भारत छन् । यी दुई देशको सम्बन्धलाई हामीले सुमधुर बनाउन सकेनौँ भने, यी दुई देशका बिरुद्धमा हुने गरेर कुनै पनि क्रियाकलाप हामीले देशमा देखाउन थाल्यौँ भने हाम्रो देशको अस्तित्वमाथि खतरा आइलाग्छ । हामीले छिमेकको राष्ट्रलाई रुष्ट बनाएर टाढाको मुलुकलाई रिजाउन खौज्यौँ भने यो भन्दा ठूलो दुर्भाग्य अरु केही हुन सक्दैन ।’

    शुक्रबार, फागुन १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.