गणेश अधिकारी, पोखरा ।
केन्द्रीय कार्यक्रमअन्तर्गत आज पोखरामा छ दल र दुई मोर्चाले राष्ट्रघाती एम.सी.सी. सम्झौताको विरुद्धमा पोखराको अमरसिंह चोकमा नाराबाजीसहित प्रदर्शन गर्दै कोणसभा सम्पन्न गरेको छ ।
Advertisement
उक्त कार्यक्रममा नजिकै रहेको अमरसिंह उच्च माविका विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो । उपस्थित विद्यार्थी र प्रदर्शनकारीहरूले एम.सी.सी. चाहिँदैन !, अमेरिकी साम्राज्यवाद मुर्दावाद ! दलालहरू होसियार !, देश बेच्न पाइदैन ! जस्ता नारा लगाएका थिए ।
कोणसभालाई राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश समितिका सदस्य गणेश अधिकारी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य यम रसाइली र नेकपा कास्की सेक्रेटरी गोकुल पराजुलीले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा नेकपाका गण्डकी प्रदेश सदस्य मनिष भट्टराईले सञ्चालन गर्नुभएको थियो ।
