• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

एमसीसीविरुद्ध देशैभर मसाल जुलुश, आज जिल्ला प्रशासन घेराउ गरिँदै


  •   बिहिबार, फागुन १२, २०७८ मा प्रकाशित
  • काठमाडौं । विवादित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै बुधबार साँझ देशैभर मसाल जुलुश प्रदर्शन गरिएको छ ।

    Advertisement

    नेकपा (मसाल) सहित विभिन्न ८ राजनीतिक दलको आयोजनामा देशका विभिन्न जिल्ला तथा क्षेत्रमा मसाल जुलुश प्रदर्शन गरिएको हो । कतिपय स्थानमा राष्ट्रिय जनमोर्चाले एकल रुपमा समेत मसाल जुलुश निकालेको छ भने अन्य दल र संघ संगठनले समेत जुलुश प्रदर्शन गरेका छन् ।

    पोखरा
    केन्द्रीय कार्यक्रम अन्तर्गत पोखरामा ६ राजनीतिक दल र दुई मोर्चाले एमसीसी सम्झौताको विरुद्धमा मसाल जुलुश निकालेका थिए । राष्ट्रिय जनमोर्चाको जिल्ला कार्यलय नजिकबाट सुरु भै सभा गृहमा निस्किएको जुलुश न्युरोडको बजार हुँदै नगर पालिका नजिक पुगेर एक घन्टा चक्का जाम गरि बीच बाटोमा कोणसभा गरि सम्पन्न भएको थियो ।

    जुलुशलाई प्रहरी प्रसासनले धरपकड गर्ने, मसाल खोस्ने र लाठीचार्ज समेत गरेको थियो । उक्त लाठीचार्जमा राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालको हातमा चोट लागेको छ भने, अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीको टाउकोमा चोट लागेको छ । त्यस्तै अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य नाम बहादुर बाठा मगर र अखिल (छैठौ) कास्कीका अध्यक्ष सोमनाथ अधिकारीलाई समेत चोट लागेको छ । त्यस्तै अन्य आन्दोलनकारी नेता तथा कार्यकर्ताहरु समेत घाइते भएका छन् ।

    कोणसभालाई संयुक्त आन्दोलनको तर्फबाट नेकपाका नेता भोज बहादुर त्रिपाठीले सम्बोधन गर्नु भएको थियो ।

    प्युठान
    एमसीसीविरुद्ध प्युठानका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ ।

    राजमो गौमुखी गाउँ समितिको आयोजनामा गौमुखीको ठूलाबेसी बजारमा मसाल जुलुश निकालिएको छ । मसाल जुलुश पछिको कोणसभालाई सम्बोधन गर्दै राजमो प्यूठानका सदस्य भरत केसीले नेपाललाई अस्तब्यस्त गराउन अमेरिकी साम्राज्यवाद लागि परेको र नेपालका दलालहरु डलरमा विकेको आरोप लगाउनु भयो । कोणसभाको सञ्चालन राष्ट्रिय जनमोर्चा गौमुखीका अध्यक्ष जनक केसीले गर्नु भएको थियो ।

    यता, झिमरूक गाउँपालिकाको केन्द्र मच्छि बजारमा राष्ट्रिय जनमोर्चा झिमरूकको आयोजनामा मसाल जुलुश सम्पन्न भएको छ । बजार परिक्रमापछि आयोजित विरोध सभालाई गाउँपालिका अध्यक्ष तिलक जिसी, अखिल (छैटौं) का महासचिव सुभाष जिसी, राजमो केन्द्रीय सदस्य नारायण जिसी र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य खिम बहादुर विकले सम्वोधन गर्नुभएको थियोे । कार्यक्रमको सञ्चालन किसान महासंघका केन्द्रीय सचिव वीर बहादुर जिसीले गर्नुभएको थियो ।

    कपिलवस्तुको तीन ठाउँमा मसाल जुलुश
    कपिलवस्तुको चन्द्रौटा र चार नम्बर जीतपुरमा मसाल जुलुश प्रदर्शशन भएको छ । दुवै ठाउँमा प्रहरीले मसाल खोस्ने प्रयास गरेको थियो । प्रदर्शनकारीहरुले प्रतिकार गरेका थिए ।

    चन्द्रौटाको कोण सभालाई राष्ट्रिय जनमोर्चाका प्रतिनिधि छन्द बहादुर केसी र नेकपाका पावेलले सम्बोधन गर्नु भएको थियो । सञ्चालन नेकपाका बादल ले गर्नु भएको थियो । यसैगरी चार नम्बर जीतपुरको कोण सभालाई नेकपाका जिल्ला सेक्रेटरी कमल केसी, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सशी सापकोटा र नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य धनेश्वर पोख्रेलले सम्बोधन गर्नु भएको थियो । सञ्चालन नेकपाका शेरमानले गर्नु भएको थियो ।

    यता कपिलवस्तुको शिवराज नगर पालिका वडा नं ३ को खरेन्द्रपूरमा राष्ट्रिय जनमोर्चाले एमसीसी सम्झौता विरुद्ध कोण सभा सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष चेतनारायण खनालको सञ्चालनमा सम्पन्न भएको कोण सभालाई राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केर सिंह अदै र जातीय समता समाजका केन्द्रीय सल्लाहकार दिल बहादुर विकले सम्बोधन गर्नु भएको थियो ।

    सुदूरपश्चिमका ठाउँ ठाउँमा प्रदर्शन
    यस्तै, सुदूरपश्चिमका विभिन्न स्थानमा एमसीसी खारेजीको माग गर्दै मसाल जुलुश प्रदर्शन गरिएको छ । कैलालीको धनगढी, अत्तरिया र लम्की, कञ्चनपुरको महेन्द्रनगर र डडेल्धुराको कोटेलीमा मसाल जुलुश प्रदर्शन गरिएको छ ।

    अत्तरियामा आयोजित कोणसभालाई अखिल (छैठौं) का केन्द्रीय सचिवालय हेमराज भट्ट र देशभक्त जनगणतान्त्रिक मोर्चाका टंक कोइरालाले सम्बोधन गर्नुभएको थियो । यस्तै, धनगढीमा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव जगत जोशी र लम्कीमा नेकपा (मसाल) का जिल्ला प्रवक्ता मिलन शाहीले सम्बोधन गर्नुभएको थियो ।

    यस्तै, दाङको घोराही र तुल्सीपुर, रुपन्देहीको बुटवल, सैनामैना, अर्घार्खाचीलगायतका क्षेत्रमा मसाल जुलुश प्रदर्शन गरिएको खबरहरु प्राप्त भएका छन् ।

    निरन्तर प्रदर्शन, देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गरिँदै
    संसदमा टेबुल भएको एमसीसी खारेज गर्न दबाब दिन आठ दलले प्रदर्शनलाई निरन्तरता दिने भएका छन् । आज (फागुन १२ गते) काठमाडौँमा विरोध प्रदर्शन सहित संसद घेराउको कार्यक्रम सम्पन्न हुनेछ भने देशव्यापी रुपमा जिल्लाहरुमा विरोध प्रदर्शन सहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको छ ।

    फागुन १३ गते देशव्यापी रुपमा संयुक्त कोणसभा सम्पन्न गरिने छन् । त्यसैगरी १४ गते देशव्यापी रुपमा विरोध सभा सम्पन्न गर्ने कार्यक्रम छ । फागुन १५ गते काठमाडौमा वृहद संयुक्त आमसभा सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।

    सरकारले अमेरिकाको हिन्द प्रशान्त रणनीति अन्तर्गतको एमसीसी अमेरिकाकै दबाबमा संसदबाट पास गर्ने तयारी गरेपछि त्यसविरुद्ध देशब्यापी आन्दोलन चर्केको छ । यही फागुन १६ गतेभित्र एमसीसी पारित गर्न अमेरिकाले दबाब दिइरहेको छ ।

    बिहिबार, फागुन १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.