ज्ञामुराम न्यौपाने, खलङ्गा ।
अमेरिकी सामरिक परियोजना एम.सी.सी. संसद्मा टेबल गर्नु राष्ट्रघाती कदम भएको ठहर गर्दै २०७८ फागुन ८ गते प्युठानको सदरमुकाम खलङ्गामा विरोध प्रदर्शन गरिएको छ ।
Advertisement
त्यस क्रममा जुलुस प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको थियो ।
राष्ट्रघाती एम.सी.सी. विरोधी उक्त कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कृष्णबहादुर खड्का, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता सूर्य प्रकाश, नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला इन्चार्ज टीकाराम पौडेल र नेकपा (मसाल) जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपानेले सम्बोधन गर्नुभएको थियो ।
विरोधसभाको सञ्चालन राजमो नेता राम पहाडीले गर्नुभएको थियो ।
