बुटवल । रुपन्देहीमा क्रियाशील छ दल तथा दुईओटा मोर्चाको आयोजनामा राष्ट्रघाती एम.सी.सी. खारेजीको माग गर्दै रुपन्देहीको जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना तथा विरोध कार्यक्रम सम्पन्न भएको छ ।
२०७८ फागुन ८ गते विभिन्न गगनभेदी नारासहित सुरु गरिएको धर्ना तथा विरोध कार्यक्रममा राजमोका जिल्ला नेता नेत्रप्रसाद आचार्यले सम्बोधन गर्नुभएको थियो ।
सम्बोधनका क्रममा उहाँले राष्ट्रघाती एम.सी.सी. सम्झौता देशको हितमा नभएर विकासको नाममा आएको अमेरिकी सुरक्षा रणनीति हो भएको बताउनुभयो ।
अमेरिकी सुरक्षा रणनीतिअन्तर्गत हिन्दप्रसान्त क्षेत्रमा अमेरिकाले चीनलाई घेराबन्दी गर्न नेपाली भूमि प्रयोग गर्न चाहेको बताउँदै उहाँले नेपाली दलालहरूका विरुद्ध सङ्घर्ष गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपाका नवीन, नेकपा (क्रान्तिकारी–माओवादी) का पिन्टु सलमान, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका लक्षुमन विश्वकर्माले पनि सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका नेता हिरालाल धामीले गर्नुभएको थियो ।