परासी । एम.सी.सी. को विरुद्धमा पाँच राजनीतिक दलले नवलपरासीको बर्दघाटमा कार्यक्रम गरेका छन् ।
Advertisement
एम.सी.सी. को विरुद्धमा रहेका ती दलहरूले २०७८ फागुन ६ गते सो कार्यक्रम गरेका हुन् ।
सो क्रममा बर्दघाट बस अड्डादेखि महेन्द्र राजमार्ग, बर्दघाट नगरपालिका रोड हुँदै हाटबजारसम्म जुलुस प्रदर्शन गरिएको थियो । तत्पश्चात् जुलुस कोणसभामा परिणत भएको थियो ।
सभामा नेकपा (मसाल) नवलपरासीका प्रवक्ता धनपति सापकोटा, राष्ट्रिय जनमोर्चा नवलपरासीका रेम राना, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला प्रतिनिधि चुरामणि भण्डारी, नेकपा (क्रान्तिकारी माओवादी) का छविलाल खराल र नेकपाका सुमन ज्ञवालीले मन्तव्य राख्नुभएको थियो ।
