• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

प्रलेसको कार्यदिशाबारे त्रिपन्नौँ परिसंवाद सम्पन्न


  •   शुक्रबार, फागुन ०६, २०७८ मा प्रकाशित
  • काठमाडौँ । “प्रलेसको वर्तमान अवस्था र आगामी कार्यदिशा” विषयमा प्रगतिशील लेखक सङ्घले त्रिपन्नौँ परिसंवाद सम्पन्न गरेको छ ।

    Advertisement

    उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा मन्तव्य राख्दै प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले प्रगतिशील मान्यता वामपन्थीहरूले मात्रै आत्मसात गर्न सक्ने भएकाले प्रलेस जस्तो संस्थाको आवश्यकता अहिले पनि यथावत् रहेको बताउनुभयो ।

    ‘प्रलेसले काम गर्न सकेन भनेर गनगन गर्न आवश्यक छैन’ उहाँले भन्नुभयो– ‘आफूले चाहे जति गर्नका लागि प्रत्येक पार्टीका आआफ्नै साहित्यिक सङ्गठन छन् । तिनै सङ्गठनमार्फत गरे हुन्छ ।’

    उहाँले सबै प्रगतिशील साहित्यकारहरूले साझा काम गर्नका लागि प्रलेसको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।

    जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले नेपालमा वामपन्थीहरू विभाजित भएकाले उनीहरू सम्बद्ध साहित्यकारलाई समेट्न प्रलेसलाई चुनौती रहेको बताउनुभयो ।

    ‘बेग्लाबेग्लै पार्टीबाट आएकाले उनीहरूलाई संयोजन गर्न गारो छ’ उहाँले भन्नुभयो– ‘फेरि पनि प्रलेस सामन्तवाद, साम्राज्यवाद विरोधी मोर्चाको रूपमा अस्तित्वमा रहनु सकारात्मक परिघटना हो ।’

    उहाँले प्रलेसले कुनै पार्टीविशेषको भन्दा पनि प्रगतिशील साहित्यका साझा समस्याबारे छलफल गर्नुपर्ने बताउनुभयो ।

    राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (समाजवादी) का अध्यक्ष डा. पुष्करराज भट्टले कोरोना महामारीका बाबजुद एघारौँ राष्ट्रिय सम्मेलनपछिको केन्द्रीय समितिले उल्लेखनीय काम गरेको बताउनुभयो ।

    ‘परिसंवाद शृङखलाकाको निरन्तरता, स्रष्टा सम्मान, अभिनन्दन ग्रन्थ प्रकाशन, इतिहास लेखनका तथा समसामयिक राजनीतिक, सामाजिक र साहित्यिक मामिलामा प्रलेसले काम गरेको छ’ उहाँको भनाइ थियो ।

    डा. भट्टले आगामी दिनमा विचार र आन्दोलनलाई सृजनात्मक लेखनको क्षेत्रसित जोड्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    अखिल नेपाल लेखक सङ्घका अध्यक्ष डा. धनप्रसाद सुवेदीले सबै प्रगतिशील लेखकहरूलाई एउटै थलोमा समेट्नु चुनौतीको विषय भएको बताउनुभयो ।

    ‘राजनीतिक पार्टीहरू मिल्न नसके पनि प्रगतिशील साहित्यकारहरू मिल्नुपर्दछ’ डा. सुवेदीले भन्नुभयो– ‘पार्टीगत सङ्गठनका सीमा होलान्, तर प्रलेसले समग्र प्रगतिशील साहित्यको उन्नयनका लागि काम गर्नुपर्छ ।’

    उहाँले वामपन्थी आन्दोलनमा प्रगतिशील लेखनको भूमिका बढाएर लैजानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    प्रगतिशील साहित्य तथा कला समाज नेपालका अध्यक्ष शालिकराम तिमिल्सिनाले प्रलेसको सङ्गठनात्मक अवस्था र लेखनको स्तर चित्तबुझ्दो नभएको बताउँदै त्यसको पक्षमा योजनाबद्ध रूपमा काम गर्नुपर्ने बताउनुभयो ।

    ‘युवाहरूलाई समेट्ने समस्या छ, दृष्टिकोणको पनि समस्या छ’ उहाँले भन्नुभयो– ‘स्वीकारोक्तिमा सामन्तवाद, साम्राज्यवाद विरोधी भनिए पनि किटानीपूर्वक उभिनमा समस्या छ ।’

    उहाँले यथार्थवादी साहित्यको उत्पादन र पुनरुत्पादनमा नवलेखकहरूलाई प्रलेसले अगाडि बढाउनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा फ्लोरबाट यादव अधिकारीले पूरक जिज्ञासा राख्नुभएको थियो ।

    शुक्रबार, फागुन ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.