काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकको सम्भावित कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी परेको छैन । संघीय संसद सचिवालयले मंगलबार निकालेको सम्भावित कार्यसूचीमा एमसीसी नपरेको हो ।
संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले निकालेको सम्भावित कार्यसूचीमा विभिन्न दुई विषय समावेश गरिएको छ ।
जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७र०७८ पेश गर्ने पहिलो कार्यसूची रहेको छ।
त्यस्तै दोस्रो कार्यसूचीमा सभामुख अग्नि सापकोटालले विभिन्न शोक प्रस्तावहरु प्रस्तुत गर्ने गौतमले बताएका छन्। तर दलहरुबीच सहमति भइनसकेकाले सम्भावित कार्यसूचीमा एमसीसीलाई नराखिएको हो।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । बुधबार विहान साढे ११ बजे नयाँ बानेश्वरमा रहेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा बस्नेगरी बैठक बोलाइएको हो । भोलि दिउँसो १ बजे बस्ने संसद बैठकको एजेण्डा तय गर्नको लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने गरेको छ ।