बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं ५ मा राष्ट्रिय जनमोर्चाको वडा सम्मेलन सम्पन्न भएको छ । शनिवार सम्पन्न सम्मेलनले तुल्सीराम खरेलको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशस् सुशिला पुन, यमलाल सापकोटा, घनेन्द्र पौडेल, टेकमाया विक चयन हुनुभएको छ । सदस्यमा मिमलाल सापकोटा, शोभालाल गौतम, जित बहादुर पौडेल, भिम बहादुर भण्डारी रहनुभएको छ भने एक स्थान रिक्त रहेको छ । सल्लाहकारमा शालिकराम पौडेल, छुमराज सापकोटा, मिना पौडेल, शान्ती बुढाथोकी र चमेली पुन चयन हुनु भएको छ ।
सम्मलेनको उद्घाटन गर्दै राजमो ढोरपाटन नगर अध्यक्ष दीपक थापाले प्रतिगमनकारी तत्वहरुले अनावश्यक प्रलोभन दिएर पार्टी प्रवेशको नाटक गरेको भन्दै त्यस्ता हर्कत बन्द गर्न चेतावनी दिनुभयो । उहाँले एमसीसी पारित गरे नेताहरुले ठूलो मूल्य चुकाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष दुर्गा बहादुर भण्डारी, सदस्य सुनमाया घर्ती, नन्दराम गौतम लगायतले मन्तव्य राख्नुभएको थियो ।
यमलाल सापकोटाको अध्यक्षता तथा तुल्सीराम खरेलको सञ्चालन र जेम बहादुर श्रीपालीको स्वागत मन्त्व्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
(मिलन सुनार, ढोरपाटन ।)