• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अमेरिकी सहायक मन्त्रीले देउवा, ओली र प्रचण्डलाई भने : एमसीसी पास नगरे सहयोग कटौती गर्छौं


  •   शुक्रबार, माघ २८, २०७८ मा प्रकाशित
  • काठमाडौं । अमेरिकाले नेपालमा एमसीसी पास गराउन चर्को दबाब दिएको छ । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक मन्त्री डोनाल्ड लू ले नेपालका प्रमुख दलका शीर्ष नेतालाई फोन गरेर मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न दबाब दिएका छन् ।

    Advertisement

    नेपालमा एमसीसी रोक्न चीनले चलखेल गरेको आरोप पनि अमेरिकाले लगाएको छ । एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने अन्तिम कसरत अन्तर्गत अमेरिकाले यस्तो आरोप लगाएको हो । नेपालले एमसीसी पास नगरे सहयोग कटौती गर्ने अमेरिकाले चेतावनी दिएको छ ।

    एमसीसीका उपाध्यक्ष फतिमा सुमार र काठमाडौँस्थित अमेरिकी राजदूत रेन्डी बेरीको पहलले नपुगेपछि बिहीबार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक मन्त्री डोनाल्ड लूले सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वासिङ्टनबाट फोन गरेर एमसीसीबारे अन्तिम निर्णय लिन दबाब दिएका हुन्।

    बिहीबार सहायक मन्त्री लूले प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीलाई फोन गरेर दबाब दिएको शीर्ष नेताहरूले पुष्टि गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्री देउवासँग फोनमा सहायक मन्त्री लूले फेब्रुअरी अन्तसम्म संसदबाट एमसीसी अनुमोदन नभए फिर्ता हुने बताएका थिए।

    स्रोतका अनुसार प्रचण्डलाई मन्त्री लूले एमसीसी अब संशोधन, परिमार्जन केही नहुने र थप समय कुर्न पनि नसक्ने बताएका थिए। मन्त्री लूले एमसीसी अनुमोदन नभए नेपाललाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग कटौती हुन सक्ने र दुई देश बीचको सम्बन्धमै दरार आउन सक्ने चेतावनी दिएका छन्।

    लूसँग भएको करिब १० मिनेटको कुराकानीमा अध्यक्ष प्रचण्डले आफुहरू एमसीसी अनुमोदन गर्ने पक्षमै रहेको तर राष्ट्रिय सहमति आवश्यक पर्ने जवाफ दिएका थिए।

    दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लू मंसिर १ गते नेपाल भ्रमणमा आएका थिए। दुई दिने त्यो भ्रमणको क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धनमा रहेको माओवादीका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेर एमसीसी अनुमोदन गर्न आग्रह गरेका थिए।

    मन्त्री लूले त्यसबेला प्रचण्डसँगको भेटमै एमसीसी संसदबाट अनुमोदन गराउन मंसिर २८ अर्थात् १४ डिसेम्बर २०२१ सम्मको ‘डेडलाइन’ तोकेका थिए। नेपालका दलहरूबीच सहमति खोजेर एमसीसी अनुमोदन गर्ने भन्दै प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले पाँच महिनाअघि एमसीसी मुख्यालयलाई पठाएको संयुक्त पत्रको सन्दर्भ उल्लेख गर्दै अमेरिकाले अहिले दबाब बढाएको हो।

    एमसीसी मुख्यालयले फेब्रुअरी २८ भित्र संसदबाट एमसीसी अनुमोदन हुनु पर्ने, नभए फिर्ता हुने चेतावनी दिँदै आएको छ।

    नेपालमा अन्दरदेशीय विद्युत प्रशारण लाइन निर्माण र सडक मर्मत तथा विस्तार गर्न अमेरिकाले एमसीसी परियोजना अन्तर्गत करिब ५५ अर्ब रुपैयाँको अनुदान सहयोग दिने सम्झौता दुई देशबीच भइसकेको छ। संसदबाट अनुमोदन भएपछि यो परियोजना कार्यान्वयनमा जाने व्यवस्था छ।

    काठमाडौं । अमेरिकाले नेपालमा एमसीसी पास गराउन चर्को दबाब दिएको छ । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक मन्त्री डोनाल्ड लू ले नेपालका प्रमुख दलका शीर्ष नेतालाई फोन गरेर मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न दबाब दिएका छन् । अमेरिकी मन्त्रीले एमसीसी रोक्न चीनले खेलिरहेको आरोप पनि लगाएको छ । एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने अन्तिम कसरत अन्तर्गत अमेरिकाले यस्तो आरोप लगाएको हो । नेपालले एमसीसी पास नगरे सहयोग कटौती गर्ने अमेरिकाले चेतावनी दिएको छ । एमसीसीका उपाध्यक्ष फतिमा सुमार र काठमाडौँस्थित अमेरिकी राजदूत रेन्डी बेरीको पहलले नपुगेपछि बिहीबार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक मन्त्री डोनाल्ड लूले सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वासिङ्टनबाट फोन गरेर एमसीसीबारे अन्तिम निर्णय लिन दबाब दिएका हुन्। बिहीबार सहायक मन्त्री लूले प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीलाई फोन गरेर दबाब दिएको शीर्ष नेताहरूले पुष्टि गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्री देउवासँग फोनमा सहायक मन्त्री लूले फेब्रुअरी अन्तसम्म संसदबाट एमसीसी अनुमोदन नभए फिर्ता हुने बताएका थिए। स्रोतका अनुसार प्रचण्डलाई मन्त्री लूले एमसीसी अब संशोधन, परिमार्जन केही नहुने र थप समय कुर्न पनि नसक्ने बताएका थिए। मन्त्री लूले एमसीसी अनुमोदन नभए नेपाललाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग कटौती हुन सक्ने र दुई देश बीचको सम्बन्धमै दरार आउन सक्ने चेतावनी दिएका छन्। लूसँग भएको करिब १० मिनेटको कुराकानीमा अध्यक्ष प्रचण्डले आफुहरू एमसीसी अनुमोदन गर्ने पक्षमै रहेको तर राष्ट्रिय सहमति आवश्यक पर्ने जवाफ दिएका थिए। दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लू मंसिर १ गते नेपाल भ्रमणमा आएका थिए। दुई दिने त्यो भ्रमणको क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धनमा रहेको माओवादीका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेर एमसीसी अनुमोदन गर्न आग्रह गरेका थिए। मन्त्री लूले त्यसबेला प्रचण्डसँगको भेटमै एमसीसी संसदबाट अनुमोदन गराउन मंसिर २८ अर्थात् १४ डिसेम्बर २०२१ सम्मको ‘डेडलाइन’ तोकेका थिए। नेपालका दलहरूबीच सहमति खोजेर एमसीसी अनुमोदन गर्ने भन्दै प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले पाँच महिनाअघि एमसीसी मुख्यालयलाई पठाएको संयुक्त पत्रको सन्दर्भ उल्लेख गर्दै अमेरिकाले अहिले दबाब बढाएको हो। एमसीसी मुख्यालयले फेब्रुअरी २८ भित्र संसदबाट एमसीसी अनुमोदन हुनु पर्ने, नभए फिर्ता हुने चेतावनी दिँदै आएको छ। नेपालमा अन्दरदेशीय विद्युत प्रशारण लाइन निर्माण र सडक मर्मत तथा विस्तार गर्न अमेरिकाले एमसीसी परियोजना अन्तर्गत करिब ५५ अर्ब रुपैयाँको अनुदान सहयोग दिने सम्झौता दुई देशबीच भइसकेको छ। संसदबाट अनुमोदन भएपछि यो परियोजना कार्यान्वयनमा जाने व्यवस्था छ। सत्ता गठबन्धनका माओवादी र एकीकृत समाजवादी संशोधन नगरी एमसीसी अनुमोदन नगर्ने अडानमा रहेकाले तत्कालै पास गर्नु पर्ने दबाबमा रहेका प्रधानमन्त्री देउवा अप्ठेरोमा परेका छन्। विपक्षी एमालेले भने सत्ता गठबन्धन एक भएर संसदमा प्रस्तुत गरेपछि मात्र आफ्नो धारणा खुलाउने बताएको आएको छ।
    शुक्रबार, माघ २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.