माधव खनाल, अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगरपालिका –१ का जेष्ठ सदस्य जुद्वबहादुर वैजालीको निधन भएको छ । आम्डाँडा निवासी वैजालीको ८४ वर्षको उमेरमा बिहिवार निधन भएको हो ।
उहाँको आजै स्थानीय घाटमा अन्त्येष्टि गरिएको छ । राजमोका केन्द्रीय सदस्य झविलाल थापाले वैजालीको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाको झण्डा ओडाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
श्रद्धाञ्जली अर्पण गर्दै नेता थापाले वैजालीको दुखद निधनको कारण राष्ट्रिय जनमोर्चाले एउटा कुसल अभिभावक गुमाएकोमा भन्दै वैजालीले देखाएको बाटोमा लाग्न आम कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा राजमोका जिल्ला सदस्य मेघराज खनाल, सुमित्रा थापा, राजमो भूमिकास्थान नगर सदस्य भोजराज खनाल, अखिल नेपाल शिक्षक संघ जिल्ला सदस्य हिमलाल खनाल, अखिल नेपाल महिला संघकी खुमा वेल्बासे, प्रगतिशील पत्रकार संघ नेपालका माधव खनाल, भुमिकास्थान नगर कार्यपालिका सदस्य शान्ता खनाल, भुमिकास्थान–१ का वडा सदस्यहरु ओमप्रकाश बेल्बासे, चमकला नेपाली, गोपाल नेपाली, नेकपा माओवादी केन्द्रका भूमिकास्थान नगरपालिका उपाध्यक्ष बाबुराम खनाल, नेकपा एमालेका झविन्द्रबहादुर नेपाली, राजमो मल्लरानी गाउँपालिका प्युठानका सदस्य सत्यमोहन राना, अखिल नेपाल युवक संघ मल्लरानी गाउँपालिका अध्यक्ष अशोक राना, अखिल नेपाल किसान संघका ननुकान्त भुसाल लगायतको उपस्थिति रहेको थियो।
वैजालीका श्रीमति, दुई छोरा, दुई बुहारी, एक छोरी ज्वाइँ र चार नातिनातिना हुनुहुन्छ ।