बारा । राष्ट्रिय जनमोर्चा, बाराका नेता टंक प्रसाद भट्टराईलाई पत्नीशोक परेको छ । भट्टराईकी जीवनसंगीनी हरिकला भट्टराईको बुधबार निधन भएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चा बाराका अध्यक्ष जीवन कुमार भट्टराईकी काकी आमासमेत रहेकी हरिकला लामो समयदेखि आन्द्रा सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।
उहाँलाई गएको शुक्रबार धेरै नै पीडा भएपछि वीरगञ्जस्थित बयोधा हस्पिटल मा भर्ना गरिएको थियो । तर, उपचारकै क्रममा उहाँको आज मृत्यु भएको हो ।
मृतक हरिकलाको आजै बालगंगा स्थित घाटमा अन्त्येष्टि गरिएको छ । भट्टराईका छोरा किसोर कुमार भट्टराई, छोरी कल्पना ,सान्ता र नानु गरी चार सन्तान रहेका छ्न् ।
जेठा छोरा किसोर कृषी वैज्ञानिकको रुपमा अमेरिकामा बस्दै आउनुभएको छ ।