काठमाडौं । नेकपा (मसाल) सहित विभिन्न ८ राजनीतिक दल तथा संगठनले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अघि बढाउन गरेको प्रयासलाई ‘दुस्साहस’ भनेको छ ।
Advertisement
आइतबार बसेको आठ दल तथा संगठनको बैठकले एमसीसी राष्ट्रिय स्वाधिनताका विरुद्धमा रहेको ठहर गर्दै त्यसविरुद्ध सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।
बैठकले यही माघ २६ गते एमसीसीविरुद्ध काठमाडौंमा संसद भवन अगाडि विरोध सभा गर्ने र सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने निर्णय गरेको छ । यस्तै, माघ २५ गते देशैभर कोणसभा गर्ने निर्णय पनि गरेको छ ।
