• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

महाकालीमा भारतले बनाएको तटबन्धबारे नेपाललाई जवाफ दिन आलटाल


  •   आइतबार, माघ २३, २०७८ मा प्रकाशित
  • काठमाडौं । भारतले दार्चुलास्थित महाकाली नदीमा बनाइरहेको पक्की तटबन्धबारे नेपाललाई जवाफ दिन आलटाल गरिरहेको छ । करिब एक महिनाअघिदेखि नै तटबन्ध निर्माणको काम भइरहेपनि भारतले अझै जवाफ नदिएको हो ।

    Advertisement

    महाकालीको बहाव नेपालतर्फ फर्किनेगरी बनिरहेको तटबन्ध निर्माबारे जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षसँग जवाफ मागेपनि उसले वेवास्ता गर्दै आएको छ । सिमानामा पक्की संरचना बनाउन दुवै देशको सहमति चाहिन्छ । तर, भारतले अटेर गरेरै धमाधम तटबन्ध बनाइरहेको छ । यसले महाकालीको बहाव नेपालतर्फ फर्कने र फेरि ठूलो नोक्सानी हुनसक्ने त्रास बढेको छ ।

    भारतले एकतर्फी रुपमा धमाधम संरचना निर्माण गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाल र भारतका सीमा अधिकारीको बैठक आयोजना गर्दै तटबन्धको विषयमा भारतको ध्यानाकर्षण गराएको छ । बिहीबार दार्चुला जिल्ला प्रशासन कार्यालयले दार्चुला, बैतडी र भारतको पिथौरागढका अधिकारीबीच भर्चुअल माध्यममार्फत बैठक आयोजना गरेको थियो।

    बैठकमा नेपालसँग नसोधी नदीको बहाव सदरमुकाम खलङ्गातिर फर्किने गरी महाकाली नगरपालिका–४ मा भारतले मनलाग्दी पक्की तटबन्ध बनाएको विषय प्राथमिकता साथ उठाइएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नेपालतिर केही असर नपर्ने गरी तटबन्ध बनाउन आग्रह गरिएको र उनीहरुले पानीको बहावमा केही असर नपर्ने गरी तटबन्ध निर्माण भइरहेको बताएका थिए ।

    भारतीय पक्षले आफूखुसी तटबन्ध निर्माण थाल्दा दार्चुला प्रशासनले त्यसबारे जानकारी दिन पत्राचार गरे पनि जवाफ फर्काएको थिएन। नेपाली प्रशासनसँग समन्वय नगरेर भारतीय पक्षले एकतर्फी रुपमा महाकालीमा पक्की तटबन्ध निर्माण गरिरहेको छ।

    यो पनिः महाकालीमा धमाधम पक्की तटबन्ध बनाउँदै भारत, नेपाल मुकदर्शक

    आइतबार, माघ २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.