• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यलाई राजमोद्वारा स्वागत, सामान्य जितको रुपमा नलिन केसीको आग्रह


  •   बिहिबार, माघ १३, २०७८ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नवनिर्वाचित राष्ट्रिय सभा सदस्यलाई बधाई दिनुभएको छ । राजमो लुम्बिनी प्रदेशद्वारा नवनिर्वाचित सदस्यको स्वागतमा आयोजित कार्यक्रममा अध्यक्ष केसीले उहाँहरुलाई अभिनन्दन गर्नुभएको हो ।

    Advertisement

    सो अवसरमा नवनिर्वाचित सांसदलाई बधाई दिँदै अध्यक्ष केसीले अहिले राष्ट्रिय सभामा गठबन्धनको विजयलाई विगतको निर्वाचनमा जस्तो सामान्य हारजितको रुपमा मात्रै लिन नहुने बताउनुभयो । यो जित प्रतिगमनविरुद्धको संघर्ष अन्तर्गत भएको अध्यक्ष केसीले औँल्याउनुभयो ।

    अध्यक्ष केसीले प्रतिगमनतर्फ गएको राजनीतिलाई गठबन्धनले सही मार्गमा ल्याउन मद्दत गरेको उल्लेख गर्दै प्रतिगमनको खतरा अझै नसकिएको बताउनु भयो ।

    अध्यक्ष केसीले देशमा राजावादी, एमाले र भारतले लोकतान्त्रिक गणतन्त्र तथा धर्म निरपेक्षता सिध्याउन अघोषित कार्यगत एकता गरेको जिकिर पनि गर्नुभयो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटकसम्म गरेको संसद विघटन र भारतीय रअका प्रमुख सामन्त गोयलसँगको भेटघाट त्यसैको उपज भएको उहाँको भनाई थियो ।

    ‘हामीले उत्साहका साथ तत्कालिन नेकपालाई समर्थन गरेका थियौँ । तर हाम्रो समर्थन खेर गयो । जब २०७७ साल पुस ५ गते ओलीजीले पार्टीभित्र छलफल नै नगरी, पाटीभित्र बहस नै नगरी जब संसद विघटन गर्ने कुरा भयो, संसद विघटन गर्ने काम भयो, जसको आवश्यकता नै थिएन’ केसीले भन्नुभयो, ‘तपाइँले ७७ साल पुस ६ गतेको हाम्रो वक्तव्य हेर्नुभयो भने स्पष्ट हुन्छ, हामीले भनेका थियौँ अब यो प्रतिगमन यहीँमात्रै रोकिन्न है । यसले ठूलो आकार लिँदै जान्छ । यो संसदीय व्यवस्था नै ध्वस्त पार्ने, गणतन्त्र नै ध्वस्त पार्ने, धर्मनिरपेक्षता नै ध्वस्त पार्ने, ६२/६३ को जनओन्दोलनको उपलब्धि सिध्याउने खेल अन्तर्गत यो भइरहेको छ है । सामन्त गोयलसँग दुई दुई घण्टा त त्यसै भेट भएको होइन ।’

    उहाँले गणतन्त्र र धर्मनिरपेक्षतालाई तत्कालिन ओली सरकारले धरापमा पार्दै मुलुकलाई अन्धकारतर्फ डोर्याउने असफल प्रयास गरिएको आरोप लगाउनुभयो । केसीले प्रतिगमनको खतरा अझै नसकिएको भन्दै वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्ने आवश्यकतामा समेत जोड दिनुभयो ।

    कार्यक्रममा निर्वाचित राष्ट्रिय सभाका सदस्य तुलप्रसाद विक (राजेश) र राज्यलक्ष्मी गैरेलाई अध्यक्ष केसीले टिका र माला लगाएर सम्मान गर्नु भएको थियो । त्यसक्रममा उहाँले राष्ट्रियता, जनतन्त्र एवं जनजिविकाको सवालमा खरो उत्रनका लागि निर्वाचित सदस्यहरुसँग आग्रह पनि गर्नु भयो ।

    कार्यक्रममा नवनिर्वाचित राष्ट्रियसभा सदस्य राजेश विकले जनताको अधिकारको रक्षा गर्दै दलित तथा पछाडी पारिएका नागरिकहरुको अधिकार रक्षाका लागि आफूले सधै इमान्दार भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले आफ्नो जितलाई सबै दलित तथा सिमान्तकृत समुदायहरुको जित भएको बताउँदै प्रतिगमनकारी शक्तिको पराजय भएको धारणा राख्नु भयो ।

    यस्तै, अर्का नवनिर्वाचित सदस्य राज्यलक्ष्मी गैरेले प्रतिगमन विरोधी गठबन्धनले प्राप्त गरेको जित सबै नेपालीको जित भएको उल्लेख गर्दै अंहकार र दम्भी राजनीतिलाई नेपाली जनताले अस्वीकार गरेको बताउनु भयो ।

    राष्ट्रिय जनमोर्चा, बुटवल कार्यालयमा आयोजित कार्यक्रमको अध्यक्षता राजमो रुपन्देहीका अध्यक्ष बद्रे आलम, सञ्चालन गंगालाल सापकोटा तथा स्वागत गणेश गौतमले गर्नुभएको थियो ।

    लुम्बिनी प्रदेशबाट गठबन्धनका तीन उम्मेदवार विजयी भएका थिए । उनीहरुमध्ये राजेश विक राष्ट्रिय जनमोर्चा, राज्यलक्ष्मी एकीकृत समाजवादी र युवराज शर्मा नेपाली कांग्रेसबाट विजयी हुनुभएको हो । शर्मा गृहजिल्ला बाँके गएकाले कार्यक्रममा उपस्थित हुनुभएको थिएन ।

    बिहिबार, माघ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.