शंकर प्रसाद पोख्रेल, गुल्मी ।
गुल्मीको मदाने गाउँपालिकामा अखिल (छैठौं)को गाउँपालिकास्तरीय भेला सम्पन्न भएको छ। भेलाले कपिल विकको अध्यक्षतमा १९ सदस्यीय गाउँ समिति गठन गरेको छ ।
Advertisement
समितिको उपाध्यक्षमा शारदा खत्री, सचिवमा निरज कुँवर, सहसचिवमा चुणकला मगर र कोषाध्यक्षमा बिमला भट्टराई चयन हुनुभएको छ । सदस्यहरुमा राजन विक, आकास विश्वकर्मा, विकास विश्वकर्मा, विनोद विश्वकर्मा, सन्तोस पोख्रेल, विष्णु विश्वकर्मा, सिर्जना केसीलगायत हुनुहुन्छ ।
अखिल (छैठौं)का केन्द्रीय सचिवालय सदस्य चोप बहादुर विकको विशेष उपस्थितिमा सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार पृथ्वी कुँवर, मदाने गाउँपालिका राजमो सदस्य अशोक विश्वकर्मा र रक्तिमका कलाकार ठाकुर सुनारको उपस्थिति रहेको थियो ।