• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सामाजिक न्याय स्थापित गर्न हाम्रो उम्मेदवारी : राजेश विक


  •   सोमबार, माघ ०३, २०७८ मा प्रकाशित
  • डी.आर. बन्जाडे, बुटवल ।
    राष्ट्रिय जनमोर्चाको तर्फबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार तुलबहादुर विश्वकर्मा (राजेश विक) ले सामाजिक विभेद अन्त्यका लागि पहल गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।

    Advertisement

    सोमबार पाँच दलीय गठबन्धनले लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता विकले आफूले राजनीति मार्फत समाजमा रहेका विभेदको अन्त्य र सामाजिक न्याय स्थापित गर्न लागि परेको बताउँदै आफ्नो उम्मेद्वारी त्यसैका लागि भएको बताउनुभयो ।

    लुम्बिनी प्रदेशमा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेद्वारले आफूहरुको जित निश्चित भएको दाबी गरेका छन् । लोकतन्त्र, संविधानको रक्षा, राजनीतिक स्थीरताका लागि कानुनी र संवैधानिक रक्षाका लागि गठबन्धन बनेको बताउँदै राष्ट्रियसभामा गठबन्धनका उम्मेद्वारले अंकगणितका हिसाबले पनि सहजै जित निकाल्ने उम्मेदवारहरुको भनाई छ ।

    राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाबाट तुल प्रसाद विश्वकर्मा राजेश, बाँकेका नेपाली कांग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा एकिकृत समाजवादीका राजेन्द्र लक्ष्मी गैरे र चुनावी मैदानमा उत्रेका छन्।

    पत्रकार सम्मेलनमा गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका तीनै जनाले आफूहरुले जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए । तीनै जना उम्मेद्वारले गठबन्धनका सबै दलमा रहेकाहरुबाट मत पाउने आशा राखे ।

    सो अवसरमा नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले आफूहरुसँग एक हजार भन्दा बढी मत अन्तर रहेकाले सजिलै जित्ने बताउनुभयो । उहाँले १५ सय मतअन्तरले जित्ने दाबी गर्दै एमालेको असन्तुष्ट भोट समेत आफूहरुले तान्ने बताउनुभयो ।

    पत्रकार सम्मेलनमा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष बोमबहादुर खत्री, कांग्रेस लुम्बिनीका अध्यक्ष अमरसिंह पुन, नेकपा माओवादी केन्द्रका नेता सुदर्शन बराल, नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपाल लुम्बिनीका अध्यक्ष अशोक कुमार यादवले प्रेस विज्ञप्ति मार्फत प्रदेशसभा सदस्य, पालिकाका प्रमुख उपप्रमुखहरुलाई मत दिएर गठबन्धनलाई जिताउन अपिल गर्नुभएको छ ।

    लुम्बिनीमा रिक्त ३ पदका लागि माघ १२ गते दाङमा निर्वाचन हुनेछ । यहाँ प्रदेशसभाका ८१ र पालिकाका प्रमुख उपप्रमुख २१५ जना गरि २ सय ९६ जना कुल मतदाता छन । यसमध्ये लुम्बिनीमा गठबन्धनको कुल मतभार ४ हजार २ सय ९० देखिन्छ भने एमालेको कुल मतभार ३ हजार ३ सय १२ मतभार देखिन्छ ।

    यसैबीच पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले चुनावी प्रचार र भेटघाट शुरु गरेका छन । बुटवलमा पत्रकार सम्मेलन गरेर गठबन्धनका उम्मेद्वारहरुले जिल्ला भ्रमण र भेटघाटको कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

    सोमबार बुुटवलमा पत्रकार सम्मेलन गरेर टोली पाल्पा पुगेको छ । मंगलबार गुल्मीको तम्घास, अर्घाखाँचीमा भेटघाट गर्ने कार्यतालिका गठबन्धनले बनाएको छ । त्यस्तै माघ ५ गते रोल्पा, ६ गते दाङको घोराही, ६ र ७ गते बर्दिया, ७ गते बाँके, ७ गते नै दाङको भालुवाङ, ८ गते कपिलवस्तुको चन्द्रौटा, रुपन्देहीको बुटवल र ९ गते नवलपरासीमा भेटघाट तथा चुनावी प्रचार कार्यक्रम राखिएको गठबन्धनले जनाएको छ ।

    सोमबार, माघ ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.