प्युठान । राष्ट्रिय जनमोर्चाको झिमरुक गाउँपालिका–४ को चुदारामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
Advertisement
बिहिबार सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय प्रतिनीधि बासुदेव पोख्रेलले देशको समसामयिक राजनीतिक परिस्थिति र राष्ट्रिय जनमोर्चाको नीति तथा कार्यक्रम बारे प्रशिक्षण दिनु भएको थियोे ।
त्यसैगरी राजमो जिल्ला सल्लाहकार विरबहादुर जिसीले पनि स्थानीय रुपमा राजमोले खेलेको भुमिका बारे स्पष्ट पार्नुभएको थियो। उक्त कार्यक्रममा राजमोका स्थानीय नेता देबिन्द्र जिसीको पनि उपस्थिति रहेको थियो।