बागलुङ । अखिल नेपाल युवक संघ काठेखोला–४ तंग्राम बागलुङको प्रशिक्षण भेला सम्पन्न भएको छ । भेलाले लक्ष्मण थापाको अध्यक्षतामा
२९ सदस्यीय अखिल नेपाल युवक संघ वडा समिति तंग्राम चयन गरेको छ ।
समितिको उपाध्यक्ष दिलाराम थापा, सचिव दल बहादुर थापा, सहसचिव लाल बहादुर थापा र कोषाध्यक्षमा विकास थापा चयन हुनुभएको छ । सन्तोष थापा, केशर थापा, प्रशान्त पुन, नेत्र बहादुर पुन सचिवालय सदस्य चयन हुनुभएको छ ।
सदस्यहरुमा लोकेन्द्र थापा, सूर्य पुन, सागर पुन, नेत्र पुन, यम बहादुर पुन, रमेश जोल्मी, होम बहादुर पुन, कृष्ण थापा, कृष्ण विक, भूषण थापा, गिरी थापा, विवेक थापा, बिनोद पुन, तिलक राना, देव बहादुर थापा, हिरा थापा, नेत्र बहादुर किसान, सोमानन्द किसान रहनुभएको छ भने २ स्थान रिक्त राखिएको छ । भेलाले प्रदिप पुन, देव बहादुर थापा र तुल बहादुर थापालाई सल्लाहकार चयन गरेको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार तिलक थापाले प्रशिक्षण दिँदै युवाहरु सचेत र संगठित नभइकन समाजको विकृति र बिसङ्गतिको अन्त्य गर्न नसकिने बताउनु भयो । देशको मेरुदण्डको रुपमा रहेका युवा शक्तिलाई सत्ता सञ्चालक शासकहरुले सत्तामा पुराउने साधन र रेमिटेन्स भित्राउने आम्दानीको श्रोतको रुपमा मात्र प्रयोग गर्नु देशकै लागि दुर्भाग्य भएको उहाँको भनाइ थियो । युवाहरुको सक्रियताले मात्र देशका सबै खाले विकृतिको अन्त्य हुने भएकोले सबै युवा साथीहरू आ–आफ्नो ठाउँबाट सक्रिय हुनुपर्ने थापाले बताउनु भयो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज पुन, अखिल नेपाल शिक्षक संघ बागलुङका सदस्य कमला थापा, जातीय समता समाज बागलुङका सचिव टीका सँगम विकलगायत नेताहरूले प्रशिक्षण तथा शुभकामना मन्तव्य दिनु भएको थियो ।
कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुन, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका उपाध्यक्ष ओम पुन, अखिल नेपाल युवक संघ बागलुङका सदस्य प्रदिप पुन, राष्ट्रिय जनमोर्चा तंग्रामका सदस्य नर बहादुर थापा, अखिल नेपाल जनजाती सम्मेलन तंग्रामका पूर्वअध्यक्ष तुल बहादुर थापा लगायतको आतित्थ्यता रहेको थियो ।
कार्यक्रम अखिल नेपाल युवक संघ तंग्रामका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षता, सचिव दल बहादुर थापाको सञ्चालन र कोषाध्यक्ष विकास थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।