• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सीमाक्षेत्रमा भारतबाट घर फर्कनेको लर्को


  •   मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित
  • काठमाडौँ । कोरोना सङ्क्रमण त्राससँगै रोजगारीका लागि भारत गएका नेपाली धमाधम घर फर्किन थालेका छन् । महोत्तरीका भारतीय सीमानाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पन्जाब, दिल्ली र मद्रासमा काम गर्न गएकाहरूको सङ्ख्या अधिक पाइएको छ ।

    Advertisement

    दशगजा (नेपाल–भारत सीमा) दुवैतिर सघन बस्ती भएको सीमा वारिपारि आउन जान ओल्लोघर पल्लोघर गएआए जस्तै भएपछि कति सङ्ख्यामा मान्छे भित्रिँदै छन् ? यसको तथ्याङ्क राख्ने काम कठिन बनेको छ । जिल्लाभरि भारतसँग सीमा जोडिएको ३८ किलोमिटर दुरीभित्र वारिपारिका बस्तीपिच्छे गोरेटा बाटो भएर अहिले मुलुक भित्रिने क्रम बाक्लिएको हो ।

    जिल्लाका मटिहानी, भिठ्ठामोर र सम्सीमात्र दुवैतर्फ बस यातायात सञ्चालन भएका सीमानाका हुन् । यी नाकाको मूलबाटो भएर आउनेको लगत राख्न सजिलो हुने भए पनि सीमा पस्न पाइन्न कि भन्ने सन्देहले अहिले गल्ली र गोरेटो प्रयोग गर्नेको सङ्ख्या निकै बढेको सीमा क्षेत्रका नेपाली बताउँछन् ।

    ‘ऊ त्यो हेर्नोस् भारतको सीतामढी जिल्लामा पर्ने गोरहारी गाउँ हो; माझमा दशगजा छ; पारि उनीहरू (भारतीय) छन्, वारि हामी (नेपाली) छौँ’ ठ्याक्कै सीमासँग जोडिएको मनराशिवा नगरपालिकाको इटहर्वाकट्टी बस्तीका ललनकुमार सिन्हा भन्नुहुन्छ– ‘सराबरी आउने जाने क्रम छ, यस क्रममा मिसिएर कस्ता कस्ता मान्छे आउँछन् ? हाम्रो प्रशासनले लेखा राख्न सके जस्तो लाग्दैन ।’

    सीमाक्षेत्रका गुजुमुज्ज बस्तीपिच्छे दुवैतर्फका आउजाउका कच्ची सडक र गोरेटो बाटो जताततै छन् । सीमासम्म सार्वजनिक यातायातमै आउने यात्रु नेपालतर्फ प्रवेशको मुख्यद्वारमा सुरक्षाकर्मीले रोक्ने डरले चोरबाटो भएर पस्नेको सङ्ख्या निकै बढेको सीमा क्षेत्र नेपालको बस्ती हलखोरीका पवीन्द्र राय बताउनुहुन्छ । मटिहानी, भिठ्ठामोर र सम्सिनाका दुवैतर्फ बस यातायात सञ्चालन रहेका ठाउँ भए पनि नेपालतर्फ प्रवेश गर्नेलाई व्यवस्थित जाँचको प्रबन्ध नहुँदा जिल्लाका गाउँनगर बस्तीमा कोरोना सङ्क्रमण सन्त्रास बढेको छ ।

    ‘परार (२०७६ को अन्त्यतिर) पनि भारतबाट यता पस्ने हुरुरु बढेपछि सङ्क्रमण ह्वात्तै बढेको थियो’ सम्सीका सामाजिक कार्यकर्ता मोहम्मद इम्तियाज सम्झनुहुन्छ– ‘सङ्कटका बेला आफ्नो घर फर्कनेलाई रोक्ने कुरा त होइन । तर व्यवस्थित जाँचको चाँजो त मिलाउनैपर्ने हो ।’

    जिल्लाभित्र नेपाल प्रवेशका नाकामा व्यवस्थित स्वास्थ्य डेस्क सञ्चालन नगरिँदा अब सङ्क्रमणको डरलाग्दो अवस्था बन्न सक्ने इम्तियाजको चिन्ता छ । अहिले भिठ्ठामोर नाकाबाहेक नेपाल प्रवेश गर्नेको स्वास्थ्य जाँचको प्रबन्ध अन्य कुनै ठाउँमा छैन ।

    भारतमा सङ्क्रमण दर बढ्दै गएपछि सीमाक्षेत्रमा नेपाल प्रवेश गर्ने बढ्दै जानु र यहाँका नाकामा भिठ्ठामोरबाहेक अन्त कतै स्वास्थ्य हेल्पडेस्क सञ्चालन हुन नसकेको अवस्थाले सङ्क्रमण बढ्न सक्ने अहिले सन्त्रास बढेको हो । नेपाल प्रवेश गर्नेलाई लक्ष्य गरी भिठ्ठामोरमा स्वास्थ्य हेल्पडेस्क सञ्चालनमा रहेको र सघन आवतजावतको नाका भएको हुँदा स्वास्थ्य र सुरक्षा जनशक्ति बढाइँदै लगिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल बताउनुहुन्छ ।

    ‘खुला सीमा भएको हुँदा जताततैबाट दोहोरो आवतजावत हुने रहेछ† यसलाई व्यवस्थित गर्न स्थानीय समुदाय र स्थानीय तहले अग्रसरता लिनुपर्छ’ प्रजिअ दाहाल भन्नुहुन्छ– ‘हामीले सीमा क्षेत्रका सबै स्थानीय तहलाई यसका लागि आग्रह गरेका छौँं ।’ भिठ्ठामोर टाढाबाट आउने सार्वजनिक साधनको मुख्य गन्तव्य भएको हुँदा यसलाई व्यवस्थित गरिएको प्रजिअ दाहालको भनाइ छ ।

    नेपाल–भारत सीमाक्षेत्रका दुवैतिर साप्ताहिक हटिया (बजार) लाग्ने र यस्ता हटियामा दुवैतर्फ दैनिक घरायसी प्रयोजनका वस्तु किन्न दोहोरो आवतजावत हुने पुरानो कुरा हो । जिल्लामा मात्रै सीमासँग जोडिएका छओटा स्थानीय तहका ६० को हाराहारीका बस्ती छन् । भारततर्फ पनि त्यत्तिकै सङ्ख्याका बस्ती भएपछि खुला सीमामा सबै ठाउँ दोहोरो आवागमनको अनुगमन हुन व्यावहारिकरूपमै अप्ठ्यारो रहेको छ ।

    यद्यपि सघन आवतजावतका मटिहानी, भिठ्ठामोर वरिपरि र सम्सीका सीमासँग जोडिएका बाटामा सुरक्षा र स्वास्थ्य जनशक्ति विन्यास गर्नैपर्ने आवश्यकता देखिँदो छ । यी ठाउँमा स्वास्थ्य हेल्प डेस्क स्थापना र सञ्चालन गर्न स्थानीय तह, स्वास्थ्य संस्था र सुरक्षा संयन्त्रबिच समन्वय गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । (रासस)

    मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.