कृष्ण केसी, चितवन ।
राष्ट्रिय जनमोर्चा, चितवनको आयोजनामा ‘सीमाको संरक्षण गरौँ, एमसीसी र संघीयता खारेज गरौँ, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मीले राष्ट्रिय स्वाधीनताको रक्षा अहिलेको प्रमुख मुद्दा भएको बताउनुभयो । उहाँले सीमा समस्या, संघीयता, एमसीसी सबै राष्ट्रियतासँग जोडिएको उल्लेख गर्नुभयो ।
भारतीय विस्तारबादले सीमा अतिक्रमण गरिरहेको अवस्थामा सरकार र राज्य सञ्चालन गर्ने राजनीति दलहरु मौन रहेको उहाँले आरोप लगाउनुभयो । यस्तै, संघीयता पनि नेपालको राष्ट्रहितमा नरहेको र एमसीसी सम्झौताले देशको स्वतन्त्र परराष्ट्र नीति नै खत्तम हुने अवस्था आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता मेघराज ढकाल, राष्ट्रिय जनमोर्चा नवलपुुका जिल्ला अध्यक्ष दिपक पाण्डे, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सचिव जनकराज पौडेल, एकता समाजका सदस्य मोहराज चालिसे, अशोक शर्मा, नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेकेट्री अञ्जना तिमल्सेना, नेकपा केन्द्रका मिनप्रसाद सापकोटा, नेकपाका जिल्ला सदस्य भगवती घिमिरे, नेकपा मालेका केन्द्रीय नेता तथा स्थाइ समिति सदस्य कृष्णराज न्यौपाने, नेकपा एकीकृत समाजवादीका जिल्ला उपाअध्यक्ष राजीव न्यौपाने, नेपाली कांग्रेसका जिल्ल सचिव डिआर पोख्रेल वरिष्ठ समालोचक तथा साहित्यकार यमुना न्यौपाने, प्राकृतिक मानव जान अभियानका केन्द्रीय सदस्यले सम्बोधन गर्नुभएको थियो ।
देवी शर्माको सञ्चालनबाट अघि बढेको कार्यक्रमको अध्यक्षता अमरबहादुर क्षेत्री तथा स्वगत मन्तब्य जिल्ला अध्यक्ष डम्मर पुरीले गर्नुभएको थियो ।