प्युठान । अखिल नेपाल युवक संघ झिमरुक गाउँपालिक–२ वडा समितिको आयोजनमा प्युठानको साबिक बादिकोट थाना डाँडामा वनभोज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न जनवर्गीय संगठनका नेताहरुले शुभकामना दिनुका साथै प्रगतिशील सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीरबहादुर जिसिले देशको वर्तमान राजनैतिक अवस्थाबारे स्पष्ट पार्दै कम्युनिस्टको नाममा खोल ओढेका कतिपय पार्टीहरुले कम्युनिष्ट सिद्धान्तविरुद्ध नै आक्रमण गरिरहेको बताउनुभयो । उहाँले सत्तारुढ दलहरुको गलत नीतिका कारण युवाहरु बेरोजगार हुनुपरेको, विदेश पलायन हुनुपरेको देश विकास हुन नसकेको जस्ता समस्या औँल्याउनुभयो ।
नेता जिसीले वर्तमान अवस्थामा राष्ट्रघाती एमसीसीविरुद्ध नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले मात्रै प्रष्टसँग खारेजीको अडान राखेको भन्दै राष्ट्रियताका सवालमा अन्य दलहरुको ढुलमुले नीतिले समस्या उत्पन्न गरेको बताउनुभयो ।
कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य खिम बहादुर विकले देशििभत्र मात्र नभइ प्रवासमा समेत मसालले लाखौं शोषित पीडित नेपालीहरुलाई सचेत गाराउँदै देशको राजनीतिबारे स्पष्ट पारेको बताउनुभयो ।
कार्यक्रममा जातीय समता समाज प्युठान जिल्लाका कोषाध्यक्ष बिनोद कुमार विक, युवक संघ झिमरुक गाउँपालिकाका उपाध्यक्ष अर्जुन केसी, अखिल (छैठौं) जिल्ला सदस्य सिबिता नेपाली, राष्ट्रिय जनमोर्चा का ३ नम्बर वडाअध्यक्ष एवम जनप्रतिनिधि रुमलाल गिरि, युवक संघ झिमरुकका सदस्य सुशील जिसि लगायतले शुभकामना दिनुभयेको थियो ।
राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका वडा नम्बर २ का जनप्रतिनिधि बाबुराम विकको सन्चालन, युवक संघ २ नम्बर वडा समितिका अध्यक्ष बोम बहादुर विकको अध्यक्षता र शेरबहादुर आरकेको स्वागतबाट अगाडि बढेको कार्यक्रममा अखिल (छैठौं) बलभद्र माविका कलाकारहरुले रोचक जनवादी गीत, मुक्तकहरु पनि प्रस्तुत गरेका थिए ।