बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामस्थित धारा माविमा अखिल (छैठौं) को संगठन निर्माण भएको छ । बुधबार विद्यालयमा भएको प्रशिक्षण भेलापछि समिति चयन गरिएको हो ।
राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार तिलक थापाले भेलाको उद्घाटन गर्दै विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य लक्षमण पुन, जातीय समता समाज बागलुङका सचिव तथा काठेखोला गाउँ कार्यपालिका सदस्य टीका संगम विक, अखिल नेपाल भुतपूर्व सैनिक संघ बागलुङका सचिव थिरबहादुर राना, राष्ट्रिय जनमोर्चा तंग्रामका अध्यक्ष बिष्णु कडेल लगायतले प्रशिक्षण तथा शुभकामना मन्तव्य दिनु भएको थियो ।
भेलाले जीवन थापाको अध्यक्षतामा ४१ सदस्यीय अखिल (छैठौं) धारा मावि मुल इकाई समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा यमु पुन, सचिव ज्योति पुन, सहसचिव यमुना थापा र कोषाध्यक्षमा सन्ध्या विक चयन हुनुभएको छ ।

सचिवालयमा संगिता विक, एलिना पुन, एसिया पुन, सुसन कँडेल, सुमन थापा, प्रविण विक, सोविन थापा, दिपेश विक र सदस्यहरुमा शर्मिला परियार, विशाल क्षेत्री, सुजन विक, पूर्णिमा पुन, प्रविन जोल्मी, अमृत विक, सुदिप नेपाली, सन्देश पुन, मुस्कान पुन, सनिस जोल्मी, समीक्षा विक, अनिल विक, भुवन जोल्मी, जुस्मिता पुन, निकेश थापा, प्रबिन थापा, सुमन किसान, विश्व थापा, प्रशान्त पुन, बिप्लप किसान, बिक्रम विक, दिपक थापा, नमुना किसान, समिन्द्र किसान, आसिस थापा, सुसन विक, माया किसान र नम्रता किसान रहनु भएको छ ।
कार्यक्रम यामु पुनको अध्यक्षता, ज्योती पुनको सञ्चालन र जीवन थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।