सुर्खेत । सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ ।
Advertisement
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम राना प्यासीले समसामयिक विषयमा धारणा राख्नुभएको थियो ।
भेलाले खुशिजिजङ बस्नेतको अध्यक्षतामा ९ सदस्यीय गाउँपालिका समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रेमा थापा, सचिव पदम सिंह विक, कोषाध्यक्ष तिलक बुढा र सदस्यहरूमा रत्न विक, सरिता विक, नन्दा बस्नेत चयन हुनुभएको छ ।