टेकराज भुसाल ##
एउटा देशमा एउटै हुन्छ
कम्युनिस्ट पार्टी ।
सुन्निएका ठुलाभन्दा
मसाल नै जाति ।
Advertisement
निष्ठा छ, विचार छ
दूरदर्शितामा पक्का ।
अहिलेसम्म सिद्धान्तमा
लाएको छैन धक्का ।
विचारमा सौदाबाजी अझै
भएको छैन झिना ।
राम्रो कामको समर्थन छ
आग्रह–पूर्वाग्रहबिना ।
गलतलाई गलत भन्छ
हुनुपरे पनि तुच्छ ।
ङ्ख्यामा थोरै होला
विचारमा छ उच्च ।
दुस्मनसँग सङ्घर्स एकता
सङ्घर्षको नीति ।
मित्रसँग एकता–सङ्घर्ष–एकता
कम्युनिस्टको प्रकृति ।
ठोस परिस्थितिको ठोस विश्लेषण
कार्यनीतिमा साचो ।
हुने गर्छ कहिलेकाहिँ पार्टी भत्र
बुझाइको खाँचो ।