• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

मसालले कारबाही गरेकासँग ‘पार्टी एकता’ गरेपछि माओवादीमा ब्यापक असन्तुष्टि

"कञ्चनपुरका कार्यकर्ताले दिए विद्रोहको चेतावनी "

  •   मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित
  • कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) ले मसालबाट कारबाहीमा परेका केही व्यक्तिसँग ‘पार्टी एकता’ भन्दै तामझामका साथ भित्र्याएपछि कार्यकर्तामा असन्तुष्टि बढेको छ । असन्तुष्ट कार्यकर्ताले कञ्चनपुरमा एक भेला गरी पार्टीबाट विद्रोहको चेतावनी दिएका छन् ।

    Advertisement

    माओवादीका पूर्वकेन्द्रीय सदस्य खडक बस्नेत, पूर्वसंविधानसभा सदस्य कमल क्षेत्री, पूर्वजिल्ला इन्चार्ज वीरबहादुर राजवंशी, पुराना नेताहरु रामबहादुर गुरुङ , मिनराज गिरी, विपिन दहित, गगन विक, पूर्व जनमुक्ति सेनाका डिभिजन कमाण्डर रक्तविज, आदर्शलगायतले भेला गरी पार्टीका त्यागी र पुराना कार्यकर्तालाई पाखा लगाउँदै नवप्रवेशीहरुलाई अगाडि बढाउन खोजेकोमा असन्तुष्टि जनाएका छन् ।

    माओवादी केन्द्रको राजधानीमा आठौं महाधिवेशन चलिरहँदा कार्यकर्ताले भने पुरानालाई पाखा लगाएर नयाँलाई काखी च्यापेको भन्दै भेला गरेर असन्तुष्टि जनाएका हुन् । यही पुस ९ गते माओवादीले मसालबाट कारबाहीमा परेका केही जिल्लातहका कार्यकर्तासँग राजधानीमा ‘पार्टी एकता’ गरेको थियो ।

    सोमबार कञ्चनपुरको कलुवापुरमा भएको सो भेलामा पार्टीभित्र देखिएको संगठनात्मक अराजकता सच्याउन पार्टीलाई सुझाव दिएको विद्रोही मध्येका एक नेताले बताए । पार्टीले कार्यकर्ताहरुको धारणा नसुनेमा ठूलो विद्रोह हुनसक्ने उनले चेतावनी दिएका छन् ।

    ‘माओवादी पार्टीभित्र ब्यापक संगठनात्मक अराजकता छ । नेताको चाकडी गर्ने र जी-हजुरी गर्नेले जिम्मेवारी पाएका छन् । कार्यकर्ताको त्याग र इमानदारीताको कुनै मूल्यांकन नै छैन’ ती नेताले युगदर्शनसँग भने, ‘हामीले पार्टीलाई सच्याउन दबाब दिने उद्देश्यले भेला राखेका हौँ । भेलामा सानै संख्या उपस्थित भएपनि भित्रभित्र असन्तुष्ट कार्यकर्ताको ठूलो जमात छ । पार्टीले हाम्रो कुरा नसुने विद्रोह नहोला भन्न सकिँदैन।’

    उनले मसालले कारबाही गरेका व्यक्तिहरुलाई पार्टी एकता भन्दै भित्र्याएकोमा अचम्म लागेको बताए ।

    उनले भने, ‘न कुनै जनाधार छ, न त कार्यकर्ता र जनताले सहजै स्वीकार गर्नसक्ने अवस्था छ । मसालले जिम्मेवारीविहीन बनाएका ८/१० जनालाई पार्टी एकता भनेर भित्र्याएर के नाटक गरेको होला ।’

    उनले राष्ट्रिय जनमोर्चाबाट अहिले माओवादीमा भित्रिएका नवप्रवेशीहरु पैसा कमाउनकै लागि माओवादी प्रवेश गरेको दाबी पनि गरे । राजनीतिकरुपमा उनीहरु अघि बढ्न नसक्ने ठोकुवा गर्दै ती नेताले नवप्रवेशीहरुले विभिन्न ठाउँमा सेटिङ मिलाएर पैसा कमाउन सक्ने र त्यसैको लागि माओवादीमा प्रवेश गरेको बताए ।

    यस्तै, असन्तुष्ट मध्येका अर्का एक पुराना नेताले माओवादीमा हालै प्रवेश गरेका व्यक्तिहरुलाई आफूहरुले नेता स्वीकार गर्न नसक्ने बताएका छन् ।

    ‘बरु माओवादीमा विद्रोह हुन्छ । तर नेता स्वीकार गर्दैनौं’ उनले युगदर्शनसँग भने, ‘माओवादी संसदीय पार्टी भएकोले मानिसहरु भित्रिनु स्वाभाविकै हो । तर, पुराना र त्यागी नेताहरुलाई पाखा लगाएर जनाधार बिनाका नवप्रवेशीलाई नेता स्वीकार गर्ने कुरा हुँदैन ।’

    सोमबार भएको भेलामा कञ्चनपुरका ४१ जना नेता कार्यकर्ताले सहभागिता जनाएका थिए । उनीहरुले गरेको छलफलको निष्कर्ष पार्टी केन्द्रीय कार्यालयमा पठाएको बुभिएको छ ।

    छलफलमा पार्टीको संगठनात्मक अवस्थासहित ‘पार्टीको विकास, विस्तार र नयाँ प्रवेशीहरुको स्थान र व्यवस्थापनबारे (बुँदा नं ४)’ छलफल भएको छलफलमा सहभागी नेताहरुले जानकारी दिएका छन् ।

     

    मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.