गणेश अधिकारी, पोखरा ।
राष्ट्रिय जनमोर्चा स्याङजाको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार गण्डकी प्रदेश अध्यक्ष शंकर बरालको उपस्थितीमा भेला सम्पन्न भएको हो ।
सो भेलाले अगामी माघ १५ गते हुने गण्डकी प्रदेश सम्मेलन सफल बनाउनको लागी विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ ।
जस अनुसार स्याङजा जिल्लामा रहेका नगर पालिकाहरुमा विषेश संगठनात्मक अभियानर, एमसीसी विरुद्धको कार्यक्रम गर्ने ।
त्यस्तै पौष मसान्तसम्म गल्याङ,वालिङ भिर्कोट र पुतलीबजार नगरपालिकामा संगठनात्मक अभियान सञ्चालन गर्नुको साथै पार्टीले सञ्चालन गरेको आर्थिक अभियालाई समेत अगाडि बढाउने निर्णय गरेको छ ।
कार्यक्रमलाई सफल बनाउन राजेन्द्र गैरेको नेतृत्वमा प्रकाश परियार, सुर्य थापा, हिरामती शाही, किरण मरासिनी ,भेषबहादुर बिक लगाएत रहेको समिति गठन गरिएको छ ।
जिल्ला अध्यक्ष राजेन्द्र गैरेको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।