• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

‘माओवादीमा विलय भएका व्यक्तिलाई ‘मसालका कार्यकर्ता’ भनेर प्रचार गर्नु गलत’


  •   शनिबार, पुष १०, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले पुस ९ गते माओवादी केन्द्रमा विलय भएका व्यक्तिहरुमध्ये एकाधबाहेक आफ्नो पार्टीका कार्यकर्ता नरहेको स्पष्ट पारेको छ । पार्टीबाट निष्काशित र फुटेर गएका व्यक्तिहरुले बनाएको बेग्लै समूहबाट उनीहरु माओवादीमा प्रवेश गरेको भन्दै मसालले ती व्यक्तिहरु आफ्नो पार्टीसँग सम्बन्धित नरहेको बताएको छ ।

    Advertisement

    शनिबार वक्तव्य प्रकाशित गरी प्रवक्ता रामप्रकाश पुरीले ‘पार्टीबाट निष्काशित व्यक्तिहरूले गत मंसिरको दोश्रो सप्ताहमा एउटा भेला गरेर “ने.क.पा.(मसाल) समन्वय समिति”को गठन गरेका र सो “समन्वय समिति”भित्रका केही व्यक्तिहरूले नै त्यसभित्र “पार्टी सम्पर्क केन्द्र” बनाएको उल्लेख गर्नुभएको छ ।

    पार्टीबाट निष्काशित वा फुटेर गएका व्यक्तिहरूले बेग्लै समिति बनाएर काम गरिरहेकोमा उनीहरूलाई मसालका कार्यकर्ता भनेर सम्बोधन गर्ने कुरामा कुनै सत्यता नरहेको प्रवक्ता पुरीले बताउनुभएको छ । साथै, उनीहरुको माओवादीमा विलयबाट आफ्नो पार्टी र माओवादी केन्द्रलगायत दलसँग रहेको गठबन्धनमा कुनै समस्या नआउने पनि पुरीले स्पष्ट पार्नुभएको छ ।

    यस्तो छ वक्तव्य

    नेपाल कम्युनिस्ट पार्टी(मसाल)
    केन्द्रीय कार्यालय
    स्पष्टीकरण

    १. हिजो २०७८ पौष ०९ गते ने.क.पा. मसाल(सम्पर्क केन्द्र)को नामबाट केही व्यक्तिहरूले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कतिपय पत्र–पत्रिका वा अनलाइनहरूले ने.क.पा.(मसाल)का कार्यकर्ताहरूले नै माओवादीमा प्रवेश गरेको बताइरहेका छन् । कतिपय व्यक्तिहरूले त ने.क.पा.(मसाल)ले नै माओवादीमा प्रवेश गरेको भन्ने समेत प्रचार गरेका छन् । त्यसबारे वास्तविकता के हो ? त्यो कुराको जानकारी दिनका लागि यो स्पष्टीकरण जारी गरिएको छ ।

    २. यसबारे हामीले सर्वप्रथम यो कुरा प्रष्ट गर्न चाहन्छौँ कि एकाध व्यक्तिहरूलाई छाडेर, जस्तो कि प्रचार गरिएको छ, ने.क.पा.मसाल(सम्पर्क केन्द्र)को नामबाट माओवादी केन्द्रमा प्रवेश गरेका व्यक्तिहरू पहिले नै हाम्रो पार्टीबाट निष्काशित वा फुटेर बेग्लै सङ्गठनको समेत निर्माण गरेका व्यक्तिहरू हुन । त्यसैले उनीहरूलाई ने.क.पा.(मसाल)का कार्यकर्ताको रूपमा प्रचार गर्नु भ्रमित सोचाइ हो । ती व्यक्तिहरू मसालका कार्यकर्ताहरू होइनन् । उनीहरू “ने.क.पा. (मसाल) समन्य समिति”बाट फुटेर माओवादी केन्द्रमा सामेल भएका व्यक्तिहरू हुन् । उनीहरू हाम्रो पाटीसित सम्बन्धित नभएको हुनाले उनीहरूको माओवादीमा प्रवेश हाम्रो चासोको विषय हाइन । त्यसैले उनीहरूले माओवादी केन्द्रमा प्रवेश गरेकोमा पनि हामीलाई कुनै आपत्ति छैन र त्यसले उनीहरू(माओवादीहरू)सितको हाम्रो सम्बन्ध र गठबन्धनमा कुनै असर नपर्र्ने कुरा पनि हामीले स्पष्ट गर्न चाहन्छौँ ।

    ३. ने.क.पा.(मसाल)को आठौँ महाधिवेशनदेखि नै हाम्रो पार्टीमा केही मतभेदहरू थिए । सामन्तवादसितको अन्तर्विरोधलाई गौण ठान्ने, प्रतिगमनको बढिरहेको खतरालाई अस्वीकार गर्ने, जनताको आन्दोलनद्वारा प्राप्त गणतन्त्र र बहुदलीय व्यवस्था जस्ता ऐेतिहासिक उपलब्धिहरूलाई प्रतिक्रियावादी बताउने र तिनीहरूलाई समाप्त गर्नका लागि जोड दिने, त्यसरी प्रकारन्तरले राजावादी नीतिहरूसित तालमेल गर्ने, जनवादी केन्द्रीयतामाथि आधारित अनुशासनलाई उलङ्घन गर्ने गरेर अराजकतावादी पद्धतिलाई अपनाउने, पार्टीभित्र ‘पार्टी’को गठन गर्ने वा सङ्गठित रूपले गुटवन्दी गर्ने तथा समानान्तर गतिविधिहरू गर्ने जस्ता गतिविधिहरूमा बारम्बार सुधारका लागि चेतावनी वा आन्तरिक कारवाहीहरू गर्दा पनि त्यस प्रकारका प्रतिगमनउन्मुख वा अनुशासनविहीन गतिविधिहरू नरोकिएपछि हाम्रो पार्टीले पार्टीका कैयौँ कार्यकर्तालाई पार्टीबाट निष्काशित गरेको थियो ।

    ४. त्यसरी पार्टीबाट निष्काशित व्यक्तिहरूले गत मंसिरको दोश्रो सप्ताहमा एउटा भेला गरेर “ने.क.पा.(मसाल) समन्वय समिति”को गठन गरेका थिए । त्यसरी हाम्रो पार्टीबाट निष्काशित वा फुटेर गएका व्यक्तिहरूले गठन गरेको “समन्वय समिति”भित्रका केही व्यक्तिहरूले नै त्यसभित्र “पार्टी सम्पर्क केन्द्र” बनाएका थिए । ती व्यक्तिहरूले नै पौष ०९ गते माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यसरी पार्टीबाट निष्काशित वा फुटेर गएका जुन व्यक्तिहरूले एउटा बेग्लै समिति बनाएर काम गरिरहेका थिए, उनीहरूलाई मसालका कार्यकर्ता भनेर सम्बोधन गर्ने कुरामा कुनै सत्यता छैन । वास्तवमा उनीहरू हाम्रो पार्टीसित सम्बन्धित व्यक्तिहरू नभएर कथित समन्वय समितिसित सम्बन्धित व्यक्तिहरू नै हुन् ।

    ५. कथित समन्वय समितिको गठन भएको करिब एक महिनाभित्र नै त्यसमा भएको फुटले उनीहरूको भेला वा उनीहरूले गठन गरेको समन्वय समितिको गठन कुनै सैद्धान्तिक र राजनीतिक आधार नभएको कुरालाई नै बताउँछ । उनीहरूले कुनै सैद्धान्तिक र राजनीतिक आधारमा होइन, व्यक्तिगत र झुट्टा आरोप तथा गालीगलौज तथा अराजकतावादी आधारमा मसालमा फुट पार्ने प्रयत्न गरेको हुनाले थोरै समयमा नै उनीहरूभित्र फुटको प्रक्रिया तीब्र हुँदै गएको छ । त्यही कारणले पहिले उनीहरूभित्रको एउटा समूह फुटेर एकीकृत समाजवादीमा मिल्न पुग्यो भने अहिले अर्को समूह माओवादी केन्द्रमा मिल्न पुगेको छ ।

    ६. यो उल्लेखनीय छ कि कथित समन्वय समितिका जुन व्यक्तिहरूले एकीकृत समाजवादी वा माओवादी केन्द्रमा प्रवेश गरेका छन्, पहिले उनीहरूले माओवादी केन्द्र वा त्यो बेलाको एमालेलाई सामन्त, दलाल र नोकरशाही पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने प्रतिक्रियावादी राजनीतिक शक्ति वा दुश्मन शक्ति भएको मत राख्दथे । त्यो प्रश्नमा पनि उनीहरूसित हाम्रो मतभेद थियो । त्यसको विपरित हाम्रो पार्टीको आठौ महाधिवेशनले माओवादी केन्द्र वा त्यो बेलाको एमालेलाई निम्न पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने देशभक्त, जनतान्त्रिक र वामपन्थी तथा मित्रशक्तिका रूपमा विश्लेषण गरेको थियो । तर जसलाई उनीहरूले प्रतिक्रियावादी वा दुश्मनशक्ति घोषित गरेका थिए, आज ती सङ्गठनहरूमा प्रवेश गर्नको लागि नै उनीहरूका बीचमा होडवाजी चलिरहेको छ । त्यसरी कथित समन्वय समितिका सदस्यहरूले एकपछि अर्को गर्दै एकीकृत समाजवादी वा माओवादी केन्द्रमा प्रवेश गर्ने जुन कार्य गरिरहेका छन्, त्यसले उनीहरूले कुनै सिद्धान्त वा राजनीतिक आस्थाका आधारमा होइन, चरम प्रकारको अवसरवादी चरित्रका कारणले नै ती सङ्गठनहरूमा प्रवेश गरेको कुरामा कुनै शङ्का रहन्न ।

    ७. ओलीले प्रतिगामी र अधिनायकवादी दिशा समातेपछि त्यसका विरुद्ध गठन भएको पाँच दलीय गठबन्धनलाई उनीहरूले विरोध गर्दै आएका थिए र उनीहरूको झुकाव पनि ओलीको प्रतिगमनतर्फ नै थियो । गण्डकी प्रदेशमा पनि ओली पक्षको सरकारका विरुद्ध हामीले संर्घष शुरू गरेपछि हाम्रो संर्घषलाई उनीहरूले गलत बताएका थिए । तर अहिले यही पाँच दलीय गठबन्धनको एउटा घटक माओवादी केन्द्रमा उनीहरूले प्रवेश गरेका छन् ।

    ८. कथित समन्वय समितिका सदस्यहरूले सुरूदेखि नै प्रतिगमन उन्मुख दिशा समात्दै आएको देखिन्छ । उनीहरूले प्रतिगमनको खतरालाई अस्वीकार गर्ने, राजावादीहरूले जस्तै गणतन्त्र र बहुदलीय व्यवस्थामाथि हमला गर्ने, ओलीका अधिनायकवादी र प्रतिगामी कदमहरूप्रति सम्झौतापरस्त दृष्टिकोण अपनाउने कुराहरूमाथि विचार गर्दा उनीहरू मध्ये बाँकी रहेका सदस्यहरूले ओलीको नेतृत्वको एमालेमा प्रवेश गर्नको लागि प्रयत्न गरे भने पनि त्यो आश्चर्यको कुरा हुने छैन ।

    ९. अहिले जुन व्यक्तिहरूले माओवादी केन्द्रमा प्रवेश गरेका छन्, उनीहरूले दक्षिणपन्थी संशोधनवादका विरुद्ध सङ्घर्ष गर्नको लागि नै त्यसमा (माओवादी केन्द्र) प्रवेश गरेको बताइरहेका छन् । पहिले उनीहरूले मसालले दक्षिणपन्थी नीति लिएको भन्दै त्यसका विरुद्ध विद्रोह गर्ने कुरा गरेका थिए । अब दक्षिणपन्थी संशोधनवादका विरुद्ध सङ्घर्ष गर्नका लागि नै माओवादी केन्द्रमा प्रवेश गरेको कुरा बताएका छन् । पहिले उनीहरूले माओवादीलाई दक्षिणपन्थी संशोधनवादी मात्र होइन, प्रतिक्रियावादी शक्ति नै घोषित गरेका थिए । अब त्यसभित्र प्रवेश गरेर उनीहरूले दक्षिणपन्थी संशोधनवादका विरुद्ध कसरी सङ्घर्ष गर्ने जुन कुरा गरिरहेका छन , त्यो एउटा भद्दा मजाक वा प्रहसन नै हो ।

    १०. वास्तवमा अहिले जसले माओवादी केन्द्रमा प्रवेश गरेका छन्, उनीहरूले खाली व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न नै त्यसमा प्रवेश गरेको कुरामा कुनै शङ्का छैन । उनीहरूमा जुन सैद्धान्तिक, राजनीतिक र अनुशासनसम्बन्धी विचलन आएको थियो, त्यो अवस्थामा उनीहरू ने.क.पा.(मसाल)मा बसिरहनु सम्भव वा उचित पनि थिएन । त्यस प्रकारको अनुशासनविहीन र अवसरवादी चरित्रका कारणले नै उनीहरू मसालबाट हट्न पुगे र त्यसबाट हाम्रो पार्टीलाई कमजोर होइन, त्यस्ता तत्वहरू हाम्रो पार्टीबाट जाँदा हाम्रो पार्टीलाई अरू मजबुत नै बनाउने छ । उनीहरूको अवसरवादी र अराजकतावादी चरित्रका कारणले नै उनीहरू हाम्रो पार्टीबाट बाहिएर “समन्वय समिति”मा मिल्न पुगे र त्यहाँ पनि मिल्न नसकेर पुनः माओवादीमा सामेल हुन पुगे । हामीले आशा र कामना गर्दछौँ, उनीहरूको अराजकतावादी, अनुशासनविहीन र अवसरवादी चरित्रले माओवादी केन्द्रमा पूरै खेल्ने अवसर प्राप्त गर्ने छ ।

    ११. कथित ने.क.पा.मसाल(सम्पर्क केन्द्र) को नाममा उनीहरूले माओवादी केन्द्रमा प्रवेश गर्ने जुन कार्य गरेका छन् त्यसको एउटा सकारात्मक पक्षतिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । कथित समन्वय समितिले शुरूदेखि नै प्रतिगमनउन्मुख दिशा समातेको र अहिले पनि त्यही नीति अपनाइरहेको कुरा प्रस्ट छ । त्यस प्रकारको प्रतिगमनउन्मुख दिशा समातेको सङ्गठनका विरुद्ध विद्रोह गरेर उनीहरूले प्रतिगमनका विरुद्धको सङ्र्घषमा संलग्न पाँच दलीय गठवन्धनको एउटा घटक माओवादी केन्द्रमा सामेल हुने निर्णय गरेका छन्, त्यसलाई हामीले तुलनात्मक रूपले एउटा सही दिशामा कदम उठाएको मान्दछौँ र उनीहरूलाई बधाइ पनि दिन्छौँ । यो कुरामा कुनै शङ्का छैन कि उनीहरूको माओवादी केन्द्रमा प्रवेश कुनै सैद्धान्तिक र राजनैतिक आधारमा होइन, चरम प्रकारको अवसरवादी उद्येश्यले नै भएको हो । तैपनि उनीहरूको नियत जस्तो भएपनि निर्णयात्मक कुरा परिणामको हो र व्यवहारमा उनीहरूले प्रतिगमन दिशा उन्मुख राजनीतिसित सम्बन्ध तोडेर अग्रगमनको दिशामा कदम उठाएका छन् । त्यसैले हामीले उनीहलाई आलोचना सहित धन्यवाद दिन चाहान्छौँ ।
    २०७८ पुस १० गते ।

    शनिबार, पुष १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.